समृद्ध नेपालको बाधक राजनीतिक अस्थिरता र नीतिगत कमजोरी

बुटवल, पुस १४ गते । समृद्ध नेपालका लागि अथिर राजनिती र नीतिगत कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६ औं औद्योगिक प्रदर्शनीको अवसरमा आयोजित समृद्ध नेपालको आधार स्वदेशी उद्यमशीलताको विस्तार विषयक गोष्ठीमा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

सोमबार प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले राजनीतिक प्रतिबद्दता, नीतिगत सुधार र प्रशासनिक अस्थिरताको अन्त्य भएमा समृद्द नेपाल हुन सक्ने बताए ।

कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, तथा सरोकारवालाहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै अर्थविद डा . केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो, भित्र कमजोर रहेको बताए ।अर्थविद् आचार्यले नेपालको अर्थतन्त्रलाई ‘कस्तुरीको नाभीजस्तै’ भएको संज्ञा दिँदै बाहिर सूचक राम्रो देखिए पनि भित्री अर्थतन्त्र कमजोर बनेको विषयमा सरोकारवालाको ध्यान जानुपर्ने बताए । उनका अनुसार केही वर्ष आयात–निर्यात सामान्य देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर अवस्थामा छ । “राजनीतिक अस्थिरताले सधैं आर्थिक वृद्धिदरमा असर गरेको इतिहास छ, जेन–जी आन्दोलनपछि त्यो अझ बढ्यो,” .

नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल खस्किएको बताए। पाण्डेले उद्योग र निजी क्षेत्रको मनोबल गम्भीर रूपमा खस्किएको विषय सामान्य नभएको जबताए । उनले “निजी क्षेत्रलाई हेर्ने समग्र समाजको दृष्टिकोण नै सकारात्मक छैन, राजनीतिक अस्थिरता बढ्दा मुख्य दोषी निजी क्षेत्रजस्तो व्यवहार गरिन्छ ।” ब्याजदर घटे पनि कर्जा माग नबढ्नुको कारण माग नै कमजोर भएको उनको भनाइ छ।

राष्ट्र बैंककी कामु गर्भनर डा. निलम ढंगानाले कार्यक्रमको नारालाई अर्थपूर्ण र समय सान्दर्भिक भएको बताउँदै राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वाभाविक भएको बताइन । एनले भनिन् “परिसूचक राम्रा छन्, विदेशी विनिमय सन्तुलन ठीक छ, मुद्रास्फीति भारतभन्दा कम छ, तर राजस्व र खर्च उत्साहजनक छैन।” ब्याजदर न्यूनतम भए पनि बैंकमा रकम थुप्रिएको र कर्जा माग नआएको अवस्था रहेको उहाँको भनाइ थियो । डा. ढंगानाले नकारात्मक पक्ष मात्रै चर्चामा आएको र राम्रा पक्ष ओझेलमा परेको बताइन ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा= डिल्ली अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित प्राथमिक योजना बनाएको बताए ।
“कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको छ,” उनले भने “तर प्रदेशको दायरा सीमित छ, केन्द्र सरकारमा निर्भरता बढी छ।” एनले निजी क्षेत्रसँग सहकार्य गर्दै अनुसन्धानमूलक कार्यक्रम अघि बढाउनुपर्ने र संघीय संरचनाप्रति रहेको वितृष्णा कम गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पुराजुलीले समृद्द नेपालका लागि निराशा होइन, नीति र समन्वयको खाँचो रहेकाले नीजि क्षेत्रका समस्याप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्यमी समुन्द्र घिमिरे, उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्यमी मन्जु भुसाल, बालाराम भट्टराई, नेपाल पत्रकार महासंघका रुपन्देही अध्यष दिनेश पाण्डे, गोष्ठी तथा सेमिनार उपसमितिका संयोजक डिल्लीनारायण पाण्डे लगायतले बोल्दै स्वदेशी उद्यमशीलताको भविष्यबारे गम्भीर बहस आवश्यक रहेको बताउंदै समृद्द नेपालका लागि नीजि क्षेत्र बलियो हुनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता र अर्जुन ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।