बुटवलमा फोटो र प्रदर्शनीबारे छलफल

बुटवल, पुस १५ गते । नेपाल पत्रकार महासंघको आयोजनामा बुटवलमा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धानबारे छलफल गरिएको छ । रुपन्देही उद्योग संघले सञ्चालन गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सव महासंघले प्रदर्शनमा राखेका फोटा र प्रदर्शनीबारे छलफल गरिएको हो ।

पत्रकारितामा फोटो पत्रकारिताको विद्या आफैमा जटिल भएपनि पत्रकारितामा फोटाको महत्व बेग्लै र महत्वपूर्ण हुने सञ्चारकर्मीहरुले बताएका छन् । कार्यक्रममा सहभागीहरुले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव दिंदै उनीहरुले फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग र संस्थागत सहकार्यका विषयमा केन्द्रित कार्यक्रमले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्तिलाई उजागर गरेको बताए ।

फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवद्र्धन गर्नुपर्ने निष्कर्ष निकालिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्री जीवित इतिहाँस भएको बताउंदै पत्रकारितामा फोटाले सकारात्मक सन्देश दिने बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई आगमी दिनमा पनि बलियो बनाउने प्रतिबद्दता जनाए । उनले पत्रकारितामा जोडिएको फोटाले स्मृति, भावना र कथा बोक्ने गरेको उल्लेख गर्दै पत्रकारितामा फोटो आफै बोलेको हुन्छ, जसले पत्रकारितालाई राम्रो देखाउने गर्दछ भने । पत्रकारितामा नयां प्रविधि प्रयोग गरेर नयां पुस्तालाई जोड्नका साथै पर्यटन र उद्योगसंग पनि जोड्न सकिने बताए ।

रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवद्र्धनमा सहयोग पुराउने बताउँदै पत्रकार महासंघले गर्ने यस्ता रचनात्मक कार्यक्रमसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकालले पत्रकार महासंघले प्रदर्शन गरेका फोटाहरुले अध्ययन, अनुसन्धानका लागि सहयोग पुराएको बताउंदै उनले भने ठूलो इतिहांस बोकेको यि फोटाहरुले नयां पुस्ताका लागि अनुसन्धानको बाटो खुलेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्द्येहीका पूर्व पूर्वअध्यक्ष डा। बालकृष्ण चापागाईंले छापा सञ्चारमाध्यमका लागि फोटाले दस्तावेजको रुपमा इतिहांस कायम गरेको बताउंदै फोटो र समाचार इतिहासका साक्षी हुन् भने । फोटोले समय, घटना र समाजलाई जीवन्त बनाएको बताउंदै उनले भने फोटो केवल दृश्य होइन, इतिहास पनि हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अर्का पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूप भएको र नयां प्रविधिले फोटो संकलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सलहकार खिमानन्द भट्टराई, भरत केसी, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल, महासंघका उपाध्यक्ष विश्वास ढकाल, विजय हितानलेलगातले बोल्दै पत्रकारितामा प्रयोग हुने फोटाले वास्तविकता झल्काउने भएको बताउंदै उनीहरुले पत्रकारितामा फोटा आफै बोल्ने बताए ।

नेपाल पत्रकार महासंघ रूपन्देही अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता र सचिव सिपी खानालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नेपाल पत्रकार महासंघले प्रदर्शन गरेका फोटाहरु पत्रकारितामा प्रयोग भएको पुराना सञ्चारसामाग्रीका साथै पुराना इतिहांस बोकेका भुगोलका फोटाहरु राखिएको छ ।

त्यस्तै रुपन्देहीबाट प्रकाशन भएका पत्रिकाका पहिला अंकहरु र देशका पुराना पत्रिकाहरुका अंकहरु प्रदर्शनीको स्टलमा राखिएकोा छ । जुन फोटाहरु हेर्नका लागि दैनिक रुपमा सयौ जनाले अवलोकन गर्ने गरेका छन् ।

फोटो प्रदर्शनीमा राखिएका फोटाहरुको बिक्रीबाट संकलित रमक फोटा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना गर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीले बताएको छ ।