इशानको योजनावद्द हत्या भएको घरपरिवारको दावी

बुटवल, पुस १५ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाको रुद्रपुरमा १७ वर्षीय इशान शर्माको शंकास्पद रुपमा मृत्यु भएको मंगलबार १४ दिन पुगेको छ । मृत्यु भएको १४ दिनसम्म पनि उनको शव उठाईएको छैन ।

रुद्रपुरको धौलागिरिचोक निवासी इशानको शव पुस ३ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । इशानको मृत्यु स्वभाविक नभइ नियोजित रुपमा भएको परिवारले दावी गरेको छ ।

घर परिवारका अनुसार स्थानीय बुद्धदीप बोर्डिङमा कक्षा ११ मा पढ्दै गरेका इशासन पुस २ गते स्कुलबाट घर आएर तेक्वान्दो सिकाउन विद्यालय पुगेको र फर्केर जिम हाउस गएका थिए । सांझ घर नफर्केका इशानको शव पुस ३ गते घरको नजिकै शव भेटिएको थियो ।
छोरा घर कतिखेर आउला भने बाटो हेर्दै बसेका बुवा आमाले एक्कासी शव देख्दा मुर्छित भएको स्थानीयले छिमेकीले बताए ।

घरपरिवारले तत्काल प्रहरीलाइ खबर गरेका थिए । अनुसन्धान गर्दा गाडीको ठक्करबाट पुस २ गते साँझ इशानको मृत्यु भएको र ३ गते शव फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको थियो । परिवारले नियोजित रुपमा योजनावद्द रुपमा हत्या गरेको दावी छ ।

मृतक इशानको परिवारले मंगलबार घरमै पत्रकार सम्मेलन गरी गाडीको ठक्करबाट मृत्यु भएको भन्ने प्रहरीको भनाइ गलत भएको दावी गर्दै छोराको योजनावद्द हत्या गरिएको बताए । घरपरिवारले प्रहरीले दोषीलाइृ उम्काउन खोजेको आरोप लगाएको छ ।

‘इशानको शव ढक्कन भएको नालीमुनि लुकाइएको अवस्थामा भेटिनु, ठक्कर दिएको भए त्यही प्रकारका निसानी भेटिनु पर्ने र गाडी चालकले बयानमा इशानलाई ठक्कर दिएको बयान नदिएको योजनावद्द हत्या गरिएको घरपरिवारको भनाइ छ।

इशान हत्या घटनालाई लुकाउन खोजिएको र हत्यामा संलग्न दोषीको पत्ता लगाएर कारवाही नहुंदासम्म् शव नउठाउने इशानकी आमा रमा शर्माले बताईन । छोराको मृत्यु नभई हत्या भएको हो । हत्यामा संलग्नलाई बाहिर ल्याएर कारवाही गर्न उनले प्रहरी प्रशासनलाई अनुरोध गर्दै सहयोग गर्दिक सञ्चारकर्मीहरुलाई आग्रह गरिन् । छोराको मृत्युपछि विछिप्ती अवस्था रहेकी इकानकी आमा रमाले भनिन् प्रहरीको अनुसन्धान हामीलाई चित्त नबुझेको छैन ।

इशानले सानै उमेरमा तेक्वान्दोमा राम्रो प्रगति गरेको र केही समयअघि उनी पढ्ने स्कुलको गेट बाहिर साथीसँग विवाद हुंदा धम्की आएकाले त्य घटनासंग जोडिएर अनुसन्धान गर्न इशानको घरपरिवारले माग गरेको छ ।

दोषी पत्ता लगाउन माग गर्दै इशानका घरपरिवार, आफन्त र छिमिेकीले इलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्नासमेत दिएका छन् ।

कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र मृतकका आफन्तको उपस्थितिमा इशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु२ख ४९४८ नम्बरको गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले प्रारम्भिक रूपमा प्राप्त प्रमाणका आधारमा गाडीको ठक्करबाट मृत्यु भएको पाइएको बताए । इशान तेक्वान्दो खेलाडीका साथै प्रशिक्षक थिए ।