प्यूठानमा भारतीय गाडी दुर्घटना हुंदा नौ जना घााइते

प्यूठान, पुस १८ गते । प्यूठानको स्वर्गद्वारी मन्दिरबाट दर्शन गरेर फर्कदै गरेको भारतीय गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउंसो स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार मारुती भ्यान प्युठानको सरुमारानी गाउँपालिका–२ दर्भान नजिक रातामाटा भन्ने ठाउंमा दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना घाईते भउको प्रहरीले जनाएको छ ।

घाईतेहरुको अवस्था सामान्य रहेको र एक जनाको भने अवस्था गम्भीर रहेको स्थानीय पत्रकार सलिम मियांले जानकारी गराएका छन् । गम्भीर घाईते भारतीय नागरिकलाइृ उपचारका लागि अस्पताल पठाईएको छ ।