शहीद बेपत्ता स्मृति प्रतिष्ठानद्दारा सरसफाई अभियान सञ्चालन


बुटवल, पुस १८ गते । शहीद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा सरसफाई अभियान शुरु गरेको छ । बुटवलको नयां बसपार्कमा शुक्रबारदेखि सरसफाई अभियान शुभारम्भ गरिएको हो ।

शहीद बेपत्ता स्मृति प्रतिष्ठानले अबदेखि नियमित रुपमा प्रत्येक हप्ता बुटवल उपमहानगरपालिकाको समन्वयमा सरसफाई अभियान सञ्चालन गरिने शहीद बेपत्ता स्मृति प्रतिष्ठानका सचिव बिरेन्द्र सीले जानकारी गराए ।
बुटवल बसपार्कदेखि आसपासको ठाउंमा सरसफाई गरिने र अभियानलाई दीर्घकालीन बनाइने बनाईएको छ ।
अभियानको मुख्य उद्देश्य सार्वजनिक स्थानहरूलाई सफा, सुन्दर र स्वास्थ्यकर बनाउँदै स्वच्छ सहर निर्माणमा सहयोग पुराउने आयोजकहरुले बताएका छन् ।

नयाँ बसपार्क, नयां बसपार्कसंग जोडिएको मुख्य सडक, बसपार्क भित्रका सबै नालीको सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
सरसफाइ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्याल पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उक्त कार्यक्रममा बोल्दै सरसफाईं सबैलाई चाहिने भएकाले यो वा त्यो नभनी सबैलाई सरसफाई अभियानमा जुट्न आग्रह गरे । उनले अभियानलाई निरन्तरता दिएर बुटवललाई स्वच्छ, सफा र व्यवस्थित सहर बनाउने प्रतिबद्धतासहित अभियानमा सहभागी बन्न आग्रह गर्दै उनले भने जथाभावी फोहोर गर्नेलाई कारवाही गरिन्छ हुन्छ ।
शहीद बेपत्ता स्मृति प्रतिष्ठानका सचिव बिरेन्द्र सीका अनुसार सरसफाई अभियानमार्फत शहीद र बेपत्ताको स्मृतिलाई सम्मान गर्दै समाज निर्माणमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले सरसफाई अभियानको थालनी गरिएको हो ।
बढ्दो सहरीकरण, जनघनत्व र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण बुटवल बजार क्षेत्रमा सरसफाइ चुनौती बन्दै गएको बेला सरसफाई अभियानले बुटवल स्वच्छ, सफा र व्यवस्थित सहर बन्ने सरसफाई अभियान्ता शरद ओलीले बताए ।























