बुटवलका चारजना पत्रकार पुरस्कृत र सम्मानित


बुटवल, पुस १९ गते । बुटवलमा चार जना पत्रकारलाई पुरस्कृत र सम्मान गरिएको छ । उद्योग व्यापार संघ बुटवल रूपन्देहीले आफ्नो सातौ वार्षिक साधारणसभा तथा चौथौ अधिवेशनको अवसरमा एक जना पत्रकारालाई पुरस्कृत र तीन जनालाई सम्मान गरेको हो ।

शनिबार बुटवलमा सातौ वार्षिक साधारणसभा तथा चौथौ अधिवेशन उद्घाटन सत्रमा पत्रकार यमलाल भुसाललाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको हो । त्यस्तै पत्रकारिताको क्षेत्रबाट आर्थिक क्षेत्रको विकासमा योगदान दिएका पत्रकार डा. बालकृष्ण चापागाई, यानेन्द्र जीसी र दामोदर खनाललाई सम्मान गरिएको हो ।
पत्रकार भुसाललाई नगत २७ हजार ५ सयसहित सम्मान पत्रबाट पुरस्कृति गरिएको हो, भने पत्रकार चापागाई, जीसी र खनाललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । उत्कृष्ट आर्थिक पत्रकारिताबाट पुरस्कृत यमलाल भुसाल राज्य टेलिभिजनका समाचार प्रमुख हुन् । पूर्व गुल्मीका भुसाल विगत ३० वर्षदेखि बुटवलमा पत्रकारिता गर्दै आएका छन् ।

सम्मानित हुने पत्रकार डा. बालकृष्ण चापागाई पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बुटवलबाट प्रकाशित दैनिक पत्रका प्रधान सम्पादक हुन् । प्यूठानका यानेन्द्र जीसी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् । त्यस्तै पूर्व पाल्पाका हाल बुटवल निवासी दामोदर खनाल विगत ३० वर्षदेखि पत्रकाािरता गर्दै आएका छन् । एभीन्युज टिलेभिजनमा कार्यरत खनाल आर्थिक क्षेत्रको रिपोर्टिडं गर्दै आएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले पत्रकारहरुलाई पुरस्कृत र सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको हित र सम्वृद्दिका लागि उद्योगी व्यवसायीसंग सहकार्य गरेर काम गर्ने बताए । उनले नीजि क्षेत्रका व्यवसायीहका समस्याप्रति बुटवल उपमहानगरपालिका सबै सकरात्मक रहेको बताउंदै राजश्वको शुल्क नबढाउने प्रतिबद्दता जनाए ।
प्रमुख पाण्डेले जेनजी आन्दोलनको नाममा दर्ता हुन नपाएका रिक्सा चालकहरुले बुटवल उपमहानगरपालिकाको भवन जलाएर ठूलो क्षती पुराएको दावी गर्दै उनले भने जेनजी पुस्ताको नेतृत्वले जोगाउंदा पनि रिक्सा चालकहरुले नोक्सानी पुराए । यसको छानबिन गरेर कारवाही गर्नुपर्छ ।
नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले नीजि क्षेत्र कमजोर हुंदै जांदा मुलुकको आर्थिक अवस्था कमजोर भएको बताए । उनले नीतिगत रुपमा नीजि क्षेत्रलाई तिनै तहका सरकारले प्रोत्सान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बुटवल, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, उद्योग व्यापार संघ बुटवलका पूर्व अध्यक्ष गोविन्द गैरे, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश अधिकारी अधिकारी, नेपाली कम्युनिष्ट पार्टी बुटवलका अध्यक्ष महेन्द्र भुसाल, कांगे्रसका ज्योती भण्डारी, एमालेका माधवकुमार खनाल, रास्वपाका राजन पाण्डे, लोकनाथ पाण्डे, व्यवसायी युवराज पराजुली, गोपाल अधिकारी लगायतले आआफ्ना भनाइ राखेका थिए ।
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेको अध्यक्षता र महासचिव यमलाल मरासिनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
पत्रकारसहित ३ जना व्यवसायीलाई पनि सम्मान गरिएको छ । मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णु भण्डारीलाई सम्मान गरिएको उद्योग ब्यापार संघ बुटवलका पे्रस सल्लाहकार टिआर शर्माले जानकारी गराए ।























