भेनेजुयलामाथि अमेरिकी आक्रमण विरुद्ध आवाज उठाउन मसालको आग्रह


बुटवल, पुस २० गते । नेकपा मसालले भेनेजुयलामाथि अमेरिकी आक्रमणविरुद्ध आवाज उठाउन विश्वभरका आमजनतासंग अपिल गरेको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेसवक्तव्य जारी गर्दै अमेरिकी आक्रमणविरुद्ध आवाज उठाउन आग्रह गरेका हुन् ।

संसारकै सबैभन्दा बढी पेट्रोलियम पदार्थ भएको मुलुकको स्मरण गर्दै मसालले त्यहाँको तत्कालीन समाजवादी सरकारले अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरेपछि नै अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि नाकाबन्दी लगाउँदै आएको बताएको छ । अहिले भेनेजुयलामाथि ड्रग्स कारोबारसम्बन्धी आरोप अमेरिकाको बहाना भएको मसालको तर्क छ ।
अहिले अमेरिकी साम्राज्यवादका कारण तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको उल्लेख गर्दै मसालले तेस्रो विश्वयुद्ध आणविक युद्ध हुने र यसरी सम्पूर्ण विश्व नै समाप्त हुने बताएको छ । युद्धको स्रोत अमेरिकी साम्राज्यवाद भएको उल्लेख गर्दै मसालले त्यसका विरुद्ध आवाज उठाउन विश्वका शान्तिप्रेमी जनतासित अपिल गरेको छ ।

नेकपा मसालको विज्ञप्तीको पूर्णपाठ
“अमेरिकाद्वारा भेनेजुयलामाथि भएको आक्रमणलाई नेकपा (मसाल) ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । त्यसबाट अमेरिकाको साम्राज्यवादी र फासिस्ट स्वरूप नाङ्गो रूपमा अगाडि आएको छ । त्यसकारण त्यसका विरुद्ध आवाज उठाउन आज विश्वभरका न्याय र शान्तिप्रेमी जनताको दायित्व बन्न जान्छ ।
भेनेजुयला संसारको सबैभन्दा बढी पेट्रोलको खानी भएको देश हो । पहिले त्यहा“को पेट्रोलमाथि अमेरिकाका एकाधिकार पु“जीवादी कम्पनीको प्रभुत्व थियो तर भेनेजुयलामा समाजवादी सरकारको स्थापनापछि त्यहा“का अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरिएको थियो । त्यसपछि नै अमेरिकाले लगातार भेनेजुयलाको सरकारलाई अपदस्त गरेर त्यहा“ आफ्नो कठपुतली सरकार कायम गर्ने र त्यहाँ आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गर्दै आएको छ । भेनेजुयलाका विरुद्ध अमेरिकाले नाकाबन्दी लगाउ“दै आएको छ र त्यसले गर्दा भेनेजुयलालाई आफ्नो पेट्रोलको बिक्रीसमेत धेरै बाधा पुगेको छ । त्यसबाट भेनेजुयलामा आर्थिक रूपले पनि धेरै गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।
अहिले अमेरिकाले भेनेजुयलामाथि ड्रग्सको तस्करीलाई प्रोत्साहित गरिरहेको भनेर आरोप लगाएको छ र भेनेजुयलाको सरकार नै तस्करीको व्यापारलाई प्रोत्साहित गरेको भनेर त्यहा“ सैनिक आक्रमण गरेको छ ।
वास्तवमा अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको शान्ति, स्वतन्त्रता र लोकतन्त्रको लागि नै गम्भीर खतरा भएको छ । त्यो नै आज विश्वमा युद्धको मुख्य स्रोत बनेको छ । अमेरिकाको त्यस प्रकारको युद्धनीतिले गर्दा संसारमा तेस्रो विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ ।
आजको युगमा विश्वयुद्ध हुन्छ भने त्यसले आणविक रूप लिने नै बढी सम्भावना छ । यदि आज आणविक युद्ध हुन्छ भने सम्पूर्ण मानव जाति नै नष्ट हुने खतरा रहनेछ । त्यसकारण साम्राज्यवाद वा त्यसको युद्धनीतिको विरोध गर्नु आज विश्वका सम्पूर्ण जनताको दायित्व हुन जान्छ । आज योबाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन ः या त साम्राज्यवादलाई पराजित गर्नुपर्छ वा त्यसले सम्पूर्ण विश्वलाई नै ध्वस्त पार्नेछ ।
भेनेजुयलामाथि अमेरिकाको आक्रमण खालि त्यो देशको मात्र समस्या होइन, त्यो विश्व शान्ति र सम्पूर्ण मानव जातिको रक्षासित जोडिएको प्रश्न हो । त्यसकारण जहा“ पनि अमेरिकाले त्यस प्रकारको कुनै हमला गर्दछ, विश्वका सम्पूर्ण शान्ति, स्वतन्त्रता र लोकतन्त्रप्रेमी जनताको कर्तव्य त्यसका विरुद्धको सङ्घर्षमा उत्रनु हुन जान्छ । त्यही प्रकारको अन्तर्राष्ट्रिय दृष्टिकोण राख्दै नेकपा (मसाल) ले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुयलामा गरेको आक्रमणका विरुद्ध आवाज उठाउन सम्पूर्ण नेपाली शान्ति र न्यायप्रेमी जनतासित अपिल गर्दछ ।
अहिले अमेरिकी साम्राज्यवादले नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्न र त्यो उद्देश्य पूरा गर्न नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न योजनाबद्ध प्रकारले कोसिस गरिरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवादको विरुद्ध अरू व्यापक रूपले आवाज उठाउनु र सङ्घर्ष गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको कर्तव्य बन्न जान्छ ।”























