भेनेजुयलामाथि अमेरिकी आक्रमणविरुद्ध बुटवलमा बिरोध


बुटवल, पुस २० गते । अमेरिकाले भेनेजुयलामाथि गरेको सैन्य आक्रमणविरुद्द बुटवलमा बिरोध प्रदर्शन गरिएको छ ।
अमेरिकाले भेनेजुयलामाथि गरेको सैन्य आक्रमणको चोतर्फी बिरोध भैरहेको अवस्थामा चार राजनीतिक दलहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी बिरोध जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी मसाल, रुपन्देही, नेपाल कम्युनिष्ट पार्टी माओवादी रुपन्देही, राष्टिय जनमोर्चा रुपन्देही र क्रान्तिकारी कम्युनिष्ट पार्टी रुपन्देहीले सोमबार बुटवलमा संयुक्त कार्यक्रमको आयोजना गरी बिरोध गरेका हुन् ।
अमेरिकी आक्रमणविरुद्ध विश्वभरका आमजनतालाई सचेत हुन आग्रह गर्दै अमेरिकाी साम्राज्यबादले साना र कमजोर मुलुकहरुलाई आफ्नो कब्जा ल्याउने गरी भेनेजुयलामाथि गरेको उक्त कार्यक्रममा बोल्ने दलका नेताहरुले बताएका छन् ।

उक्त बिरोध कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, राष्टिय जनमोर्चाका नेता बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता पे्रम सुवेदी र नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वलीले बोल्दै भेनेजुयलामाथिको अमेरिकी सैन्य काक्रमण बन्द गर्न माग गरेका छन् । उनीहरुले भेनेजुयलका राष्टपति निकोलस मादुरोलाई तुरुन्त सकुसल रिहा गर्नुपर्ने बताउंदै अमेरिकी साम्राज्यबादबाट संसारका मानवजाती आक्रान्त भएको बताए ।
भेनेजुयलमा भएको खनिज पदार्थ, तेल लगायका पदार्थमाथि आंखा लगाएको अमेरीकाले भोली नेपालमाथि पनि आक्रमण गर्न सक्ने बताउंदै अमेरिकाले नेपाललाई प्रान्त बनाउन खाजेकाले समयमै सचेत हुनका लागि आमनेपालीलाई आग्रह गरेका छन् ।























