शहीद बेपत्ता स्मृति प्रतिष्ठानद्दारा बुटवलमा सरसफाइ

बुटवल, पुस २५ गते । ‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार सरसफाई गरिएको छ । स्थानीयको सहभागितामा सरसफाई अभियान चलाइृएको हो ।

यही पुस १८ गतेदेखि बुटवलमा सरसफार्य अभियान शुरु गरिएकोहो । शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको सरसफाई अभियानको दोस्रो दिन शुक्रबार सरसफाइ गरिएको हो ।

दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

सरसफाई कार्यक्रमपछि बोल्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले आयोजक संस्थालाई अभियानलाई अझ व्यवस्थित र दिगो बनाउन आग्रह गर्दै सम्पूर्ण नगरबासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

कार्यक्रमका संयोजक दिनेश भुसालले बुटवल बजार क्षेत्र सफा राख्न विद्यालय सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै विद्यार्थीलाई परिचालन गरेर बुटवल बजार सफा राख्ने अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाए ।

सरसफाइ कार्यक्रममा सहिद बेपत्ता स्मृति प्रतिष्ठानका उपाध्यक्ष सरद वली, सचिव बिरेन्द्र बि.क सरसफाई अभियान्ता महेश थैव, गोपाल पाण्डे, बुटवल उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल लगायत विद्यार्थी, सामाजिक क्षेत्रका अगुवा, समाजसेवी, नागरिक समाजका प्रतिनिधि तथा मिडियाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गतहप्ताबाट सुरु गरिएको अभियानले दुईपटक बसपार्क क्षेत्रमा सरसफाई गरे पनि चरणबद्धरुपमा बुटवलका सबै क्षेत्रमा सरसफाई गर्ने, सामाजिक सचेतना फैलाउने, स्वच्छ र स्वस्थ वातावरण कायम गर्न बिबिध रचनात्मक कार्यक्रम गरिने अभियान्ताहरुले बताएका छन ।

सरसफाई अभियान्ता वसन्त श्रेष्ठको अध्यक्षतामा गठित प्रतिष्ठानको आयोजना र बिभिन्न संघसंस्था तथा सामाजिक अगुवा नागरिक समाजको सकृयतामा सुभारम्भ गरिएको अभियानलाई सबैको अपनत्व हुनेगरी सुन्दर सफा र हरियाली बुटवलको पहिचान मार्फत देशभर सन्देश प्रवाह गरिने बताइृएको छ ।

संस्थाले बुटवललाई स्वच्छ र स्वस्थ सहर बनाउने लक्ष्यसहित अभियानलाई निरन्तर अगाडि बढाइने जानकारी दिँदै सबै सरोकारवालालाई अभियानमा साथ दिनसमेत आग्रह गरेको छ ।