सर्वपक्षीय सरकार गठन गर्नुपर्छ – समाजवादी युवा अभियान

बुटवल, पुस २६ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको समाजवादी युवा जागरण अभियान पश्चिम कमण्डका नेता प्रेम दर्नालले सुशीला कार्की नेतृत्व सरकार विघटन गरेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार जेनजी आन्दोलनको मर्म अनुसार नचलेको दावी गरे । कार्की नेतृत्वको सरकारले देशको आवश्यक्ता र जेनजीको भावनाको कदर नगरेको भन्दै आलोचना गरेका छन् ।

उनले देश चलाएका दल र ति दलका नेताहरु असफल भएकाले देश बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी माओवादीले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । नेपाल कम्युनिष्ट पार्टी माओवादीका युवा नेता दर्नालले संविधान संशोधन गर्नुपर्ने र राज्यको पुर्नरसंरचना गर्न आवश्यक रहेको बताउंदै देशलाई निकास दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको नीति, सिद्दान्त, कार्यक्रम जनताको बीचमा लैजान र चुनावी अभियानलाई सहयोग गर्ने गरी समाजवादी युवा जागरण खभियान सञ्चालन गरिएको बताए ।

देशमा भएको व्याप्त प्रकाररको भ्रष्टाचार, अराजकता, बेथितिको बिरुद्द र सुशासनको पक्षमा पूर्वदेखि पश्चिमसम्म समाजवादी युवा जागरण अभियान चलाईएको जानकारी गराए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रिय कार्यक्रम अनुसार यही पुस २० गतेदेखि देशका तीन स्थानबाट समाजवादी युवा जागरण अभियान चलाईएको उनले बताए ।

समाजवादी युवा अभियान पश्चिम कमण्डको टोलिले शनिबार रुपन्देहीको मुर्गिया, बुटवल र देवदहमा सभाको आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी रुपन्देही अध्यक्ष बिरेन्द्र सीले बताए ।

२० गतेदेखि सुरु भएको अभियान पुस ३० गते पश्चिमको हेडौडा, पूर्वको पर्सा र मध्यपश्चिमको रसुवामा समापन गरिने सो पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।