धौलागिरीद्दारा वृद्दवृद्दा, विद्यार्थी र असल ऋणीलाई सम्मान


बुटवल, पुस २७ गते । बुटवलको धौलागिरी बहुउद्देश्यीय सहकारीले वृद्दवृद्दा, विद्यार्थी र असल ऋणीहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो २६ औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरेको हो ।

बुटवलमा सम्पन्न २६ औँ वार्षिक साधारणसभामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी १८ जना, ४ जना वृद्दवृद्दा र २ जना असल ऋणीलाई सम्मान गरिएको सहकारीका सचिव ठाकुर घिमिरेले जानकारी गराए ।
करिव १५ सय शेयर सदस्य र करिव २६ करोड कुल बजेट रहेको धौलागिरी सहकारी बुटवल क्षेत्रको पुरानो सहकारी हो ।
साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले सहकारीको माध्यमबाट देशमा गरिबी निवारण गर्न सकिने बताए । उनले सहकारी अभियानलाई घरघरमा पुराउनु पर्ने बताउंदै सहकारीले महिलाहरुलाई मालिक बनाएको बताउंदै नगर प्रमुख खांणले भने सहकारीले समाजमा संस्कार र सम्बधलाई जोडको छ ।

उनले सहकारीको लगानीलाई आयमुलक तथा उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताउंदै आर्थिक अवस्था कमजोर भएकाहरुलाई लगानी गरेर आयमूलक पेशामा आवद्द गर्नु सकारकिो मुख्य लक्ष्य हुनुपर्छ भने ।
रुपन्देही जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले नियम अनुसार सहकारी सञ्चालन गरे समस्या नआउने बताउंदै केही सहकारीले बदमासी गर्दा सबै सहकारीलाई मुछ्न नहुने बताए ।
कार्यक्रममा आम्दा अस्पताल बुटवलका मेसु डा. विनोद पराजूली, सहकामरीका उपाध्यक्ष देवप्रसाद खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, वडाध्यक्ष यज्ञ पंगेनी लगायतले बोल्दै सहकारीका सिद्दान्तहरु पालना गरेर मात्रै सहकारी चलाउन सञ्चालक समितिलाई सुझाव दिएका थिए ।
वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शान्तिसिंह मल्लले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक राजेन्द्रप्रसाद न्यौपानेको प्रतिवेदन, लेखा समिति संयोजक मनोज आचार्यको लेखा समितिको प्रतिवेदन हलबाट पास भएको सचिव ठाकुर घिमिरेले बताए ।
सहकारीका अध्यक्ष गोविन्द खनालको अध्यक्षता र सचिव ठाकुर घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।





















