एमालेका पौडेलले छोडे पार्टी

बुटवल, माघ ३ गते । एमाले केन्द्रीय निर्वाचन समितिका सदस्य खुमाकान्त पौडेलले एमाले परित्याग गरेका छन् । एमालेमा अधिनायकवाद, नातावाद, भ्रष्टाचार मौलाएको बताउंदै पौडेलले पार्टी छोडेको घोषणा गरेका हुन् ।

खुमाकान्त पौडेलले एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेलाई राजीनामा पत्र लेखी पार्टी छोडेको घोषणा गर्दै आफु ३२ वर्षसम्म एमालेमा कारम गरेकोसमेत बताएका छन् । पौडेलले पार्टी परित्याग गरी स्वतन्त्र रहने बतचाउंदै पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र मुख्यमन्त्री लिला गिरीलाई धन्यवाद व्यक्त गरेका छन्।

  एमालेमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको पौडेलले विज्ञप्तिमार्फत बताएका छन् । पौडेल एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनी एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत थिए ।

पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य भएका थिए ।
खुमाकान्त पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का स्थायी बास्निदा हुन् ।