बालेनले दिए राजीनामा

बुटवल, माघ ४ गते । काठमाडौँका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।

मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

पदबाट राजीनामा दिएका शाहले रास्वपाका वरिष्ठ नेताको जिम्मेवारीसमेत पाएका छन् ।