विष्णु पौडेललाई पाल्पा पठाउने निर्णय सच्चाउन एमाले रुपन्देही २ को माग

बुटवल, माघ ४ गते । एमाले क्षेत्र २ को बैठकले विष्णु पौडेललाई प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा पठाउने निर्णय सच्चाउन पार्टी केन्द्रसंग माग गरेको छ ।
आइतबार बुटवलको इटाभट्ीको एशीयन पाटीप्यालेसमा आयोजित सातौ बैठकले विष्णु पौडेललाई पाल्पा जाने निर्णय सच्चएर रुपन्देही २ मा पठाउन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक एमाले नेताले जानकारी गराएका छन् ।

विष्णु पौडेललाई पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने पार्टी केन्द्रको निर्णयको रुपन्देहीमा सर्वत्र एमाले पंक्तीले बरिोध जनाएको छ ।