आज मनोनयन दर्ताका लागि निर्वाचन आयेगले तोक्यो समय

बुटवल, माघ ६ गते । प्रतिनिधिसभाका लागि आज देशभर उम्मेदवारी दर्ता गरिदै छ । निर्वाचन आयोले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय तोकेको छ । आयोगले सूचना जारी गरी पांच दलका लागि मात्रै फरक फरक समय तोकेको हो ।
उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न भन्दै आयोगले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई समय निर्धारण छ । आयोगका अनुसार सबै भन्दा पहिले रास्वपालाई समय दिइएको छ भने सबैभन्दा पछि कांग्रेसलाई समय दिएको सूचना जारी गरेको छ ।

रास्वपाका उम्मेदवारले १ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ भने २ बजे राप्रपाका लागि समय दिएको छ । त्यस्तै एमालेका लागि साढे २ बजे समय तोकिएको छ, भने आयोगले नेपाली कम्युनिष्ट पार्टीलाई ३ वजेको समय दिएको छ।

आयोगले सबैभन्दा अन्तिममा कांग्रेस उम्मेदवारका लागि ४ बजेको दिएको छ ।