घुमुवाका ५० जनालाई तानियो प्रहरी मुख्यालयमा

वीरगञ्जज । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा घुमुवा प्रहरीको काम गरेका र गरिरहेका भूतपूर्व र वर्तमान विभिन्न पदका गरी पचास जनालाई प्रहरी मुख्यालय काठमाडौँको नक्साल झिकाइएको छ।

झिकाइएका प्रहरी कर्मचारीहरूमा प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुवास यादव जिल्ला प्रहरी कार्यालय, सर्लाही, कुबेर खतिवडा इलाका प्रहरी कार्यालय, बर्दिबास, महोत्तरी, संजय पासवान जिल्ला प्रहरी कार्यालय, सिरहा, जगदिश यादव जिल्ला प्रहरी कार्यालय, पर्सा, अजय पट्टेल जिल्ला प्रहरी कार्यालय, बारा तथा मनोजकुमार यादव विमानस्थल सुरक्षा कार्यालय, राजविराज, सप्तरी रहेका छन् ।

यसैगरी प्रहरी वरिष्ठ हवल्दार (प्र.ब.ह.) विनोदकुमार शाह जिल्ला प्रहरी कार्यालय, बारा र प्रहरी हवल्दार (प्र.ह.) रामसेवक ठाकुर मधेस प्रदेश प्रहरी गण, जनकपुर, धनुषा, राजु प्रसाद गुप्ता जिल्ला प्रहरी कार्यालय, रौतहट, उमेश यादव मधेस प्रदेश प्रहरी गण, जनकपुर, धनुषा, विजय प्रसाद यादव जिल्ला प्रहरी कार्यालय, पर्सा, बैजुलाल यादव जिल्ला प्रहरी कार्यालय, महोत्तरी तथा दीप नारायण चौधरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही रहेका छन् ।

साथै प्रहरी सहायक हवल्दार (प्र.स.ह) सरोज यादव र संजय जयसवाल (दुवै जिल्ला प्रहरी कार्यालय, पर्सा), अनिकेतकुमार सिंह, राजकुमार गुरुङ (दुवै मधेस प्रदेश प्रहरी कार्यालय, धनुषा) तथा ब्रजरत्न बज्राचार्य नेपाल प्रहरी स्कुल जिगडिया, रौतहट छन् ।

प्रहरी जवान (प्र.ज.) तर्फ लालबाबु मियाँ जिल्ला प्रहरी कार्यालय, पर्सा र उज्ज्वल तिवारी जिल्ला प्रहरी कार्यालय, धनुषा रहेका छन् । झिकाइएको पचासमध्ये २० जना मधेस प्रदेशका रहेका छन् । उनीहरु सबैलाई मंगलबार प्रहरी मुख्यालयमा हाजिर गराई अधिकांशलाई गणमा थन्क्याइएको छ ।