प्रतिनिधि सभा निर्वाचनः आजै चुनाव चिह्न वितरण गरिँदै


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले आज माघ ९ गते दिउँसो १ बजेसम्मको समय सीमा तोकेको छ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएलगत्तै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। यसैगरी आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा चुनावी मैदानमा कायम रहेका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी आयोगले गरेको छ।
यसअघि माघ ७ गते उम्मेदवारहरु विरुद्ध दाबी विरोध र उजुरी दिने समय प्रदान गरिएको थियो भने बिहीबार बेलुकासम्म ती मनोनयनपत्र र उजुरीहरुमाथि जाँचबुझ गरी निर्णय सार्वजनिक गरिएको थियो।

देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ, जसमा तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला र अन्य एक जना रहेका छन्। यही माघ ६ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको थियो।
प्रतिनिधिसभाको यो निर्वाचनमार्फत कुल २७५ सदस्यहरु चयन हुनेछन्, जसमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ। आज निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरु औपचारिक रुपमा आफ्नो चुनावी एजेन्डा





















