बुटवलमा अनुसन्धानमूलक प्रथम जर्नल विमोचन


बुटवल, माघ ११ गते । प्राज्ञिक अनुसन्धानमा सरकारको लगानी गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । पछिल्लो समय पठक संस्कृति हराउंदै गएको चिन्ता गर्दै उनीहरुले नयां पुस्तामा पठन संस्कृति हराउंदै गएकाले प्राज्ञिक क्षेत्र खुम्चदै जाने सम्भावना रहेकाले यसबारे सरोकारवाला सबै क्षेत्र तथा निकाय सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा बुटवलमा अर्थशास्त्रीहरूलाई सम्मान तथा लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानको अवस्था र अवसर विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने अर्थविज्ञ तथा लेखकहरुले यस्तो बताउका हुन् । पठकन संस्कृति हराउंदै गए देशमा बौद्धिक वर्ग हस आउन सक्ने उनीहरुले चिन्ता जाहेर गरेका छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामलाल श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरणका लागि सबै प्राज्ञिक व्यक्तिले निरन्तर आफ्नो विषयसँग सम्बन्धित रहेर अनुसन्धान गर्न गर्नुपर्ने बताए । विभिन्न विषयमा अनुसन्धान गर्नका लागि सरकार तथा दातृ संघ सस्थाहरुले वितिय सहयोगका कार्यक्रम सञ्चालन गरेमा नेपालको जनशक्ति विश्व बजारमा सजिलै प्रतिस्पर्धी बन्न सक्ने तर्क गरे ।

प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले आफुले प्राप्त गरेको ज्ञान समाजका समस्याको अध्ययन र समाधानमा केन्द्रित गर्न नसकेको अवस्थामा प्राज्ञिक व्यक्तिको अस्तित्वमा प्रश्न चिह्न खडा हुन सक्ने बताए ।
अर्का प्राध्यापक डाक्टर रामचन्द्र आचार्यले प्राज्ञिक अनुसन्धानका परियोजनामा लगानी गर्न सरकारसंग माग गर्दै जुन देशमा अनुसन्धानका लागि सरकारले साथ सपोट गर्दै त्यो देश कमजोर सावित हुने बताए । देशको अर्थतन्त्र स्वाधीन र आत्मनिर्भरतातर्फ अगाडि बढ्न नसक्ने भएकोले संघ प्रदेश र स्थानीय सरकारले आफ्नो बजेट तथा नीति कार्यक्रममा अनुसन्धानका कार्यक्रमलाई आर्थिकको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अर्थशास्त्री भानुभक्त भुसालले प्राज्ञिक खोज अनुसन्धानमा लागेका व्यक्तिलाई सरकारले सम्मान गरेर मनोबल बढाउने काम गर्नुपर्ने बताउंदै त्यस्तो काममा सरकारले ध्यान पुराउन नसकेको गुनासो गरे ।
त्यस्तै सोही कार्यक्रममा प्राध्यापक डाक्टर बावुराम ज्ञवाली, प्राध्यापक रामचन्द्र आचार्य र प्राध्यापक रामलाल श्रेष्ठले संयुक्त रुपमा अनुसन्धानमूलक प्रथम जर्नलको विमोचन गरेका थिए ।
आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालको अध्यक्षता र अमर डिसीको सञ्चालनमा भएको कार्यक्रममा सचिव भोजराज पंगेनीले लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानको अवस्था र अवसर विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखक तथा अधिकारकर्मी दीपक ढकाल, रिमा बिसी, सीमा वन लगायतले प्राज्ञिक अनुसन्धानको अवस्था र विषयमा आआफ्ना धारणा राखेका थिए ।





















