मूल प्रवाहद्दारा भारतमा चुनाबी अभियान


खिमराज चालिसे
भारत, अम्बला २५ गते जनवरी २०२६ । आगमी फागुन २१ गते नेपालमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा चुनाबी अभियान चलाएको छ ।
“चुनावी कार्यक्रम साम्राज्यवादीहरुको षडेयंत्र र पार्टीहरुको अवसरवादी चरित्रको शशक्त भन्डाफोर गर्ने कार्यक्रम हो“ उक्त कुरा प्रमुख अतिथिको आशनबाट अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न निर्वाचन परिचालन भेलामा बताए ।

नेता रेग्मीले संसदीय व्यवस्था मूलत पूंजीवादी व्यवस्था भयपनि राजतन्त्र भन्दा प्रगतिशील भएकाले उपयोग गर्ने तर जनतालाई बढि भन्दा बढि सजग बनाउने महत्वपूर्ण अवसर भएको हुंदा यसलाई आन्दोलनको रुपमा प्रभावकारी तरिकाले लैजान पर्ने धारणा राख्नु राखे । मूल प्रवाहको देशको जनतांत्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको हुदा यसपटक राजमोलाई जिताउन भारतबाट उत्साहजनक उपस्थिति रहने विश्वास व्यक्त गरे ।
गणतन्त्र र राष्ट्रीयताको रक्षा गरौ, संघीयता खारेज गरौ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कायृक्रममा मूल प्रवाहका पुर्व केन्द्रीय अध्यक्ष ठाकुर खनालले विचारलाई जनताको हकहितको लागी सैद्धांतिक हतियारको रुपमा प्रयोग गर्नुपर्ने बताए । नेता खनालले नेपालको अहिलेको प्रमुख आन्दोलनको स्वरुप जन आन्दोलन भएको हुदा त्यसलाई शशक्त रुपमा जनताको हकहितको लागी प्रयोग गर्नु पर्ने धारणा राखे ।
राष्ट्रियत जनतंत्र र जनजीवीकाको सवालमा दुरगामी दृष्टिकोण राख्ने पार्टी राजमोलाई जिताउन भारतबाट मूल प्रवाहको सहयोग रहने बताए ।

मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले अमेरिकी साम्राज्यवादका एजेन्टहरुलाई परास्त पार्न जरुरी रहेको बताउंदै त्यसका लागि नेपालमा हुन लागेको निर्वाचनमा राजमोलाई सहयोग गर्न स्वदेश जाने प्रतिबद्दता जनाए ।
मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य दिनेश खडकाले चुनावी योजनाको परिचालन समिति एवं विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए ।
समारोहलाई मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोखरेल, सांस्कृतिक विभागका क्षेत्रिय संयोजक जुना भन्डारी चालिसे, महिला क्षेत्रिय विभाग संयोजक माया आचार्य, लगाएतले सम्वोधन गरेका थिए ।
मूल प्रवाहका केन्द्रीय सदस्यहरु तिलक पौडेल र नर बहादुर ओली, बैकल्पिक सदस्यहरु रामचंद्र पौडेल र प्रेम आचार्य, सल्लाहकार राजकुमार शाही, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति क्षेत्रीय संयोजक बिलबहादुर गुरुङ, समता विभागका क्षेत्रीय सदस्य प्रेम रसाली लगायतको आथित्यता रहेको थियो।
कृष्ण जीसीको अध्यक्षता, खिमराज चालिसेको संचालनमा भएको कार्यक्रममा कुलबहादुर बगालेलेको टिमले सांस्कृति कार्यक्रम अन्तरगत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।





















