राष्ट्रिय सभाः बागमतीबाट प्रेम र गीता विजयी


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनले जितेको छ । सो क्रममा बागमती प्रदेशमा गठबन्धनबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी भए ।

गीता कांग्रेसकी र प्रेम एमालेका उम्मेदवार हुन् । निर्वाचनमा अन्यतर्फ गीता र अन्यतर्फ प्रेम निर्वाचित भएका हुन् । गीता ६ हजार २३९ मतभार र प्रेमले ६ हजार २०५ मतभारसहित निर्वाचित भएका हुन् ।
बागमतीमा प्रदेश सभाका ८९ र स्थानीय तहका २२९ मतदाताले मतदान गरेका थिए ।






















