राष्ट्रिय सभा बैठकमा दुई प्रतिवेदन पेश


काठमाडौँ । राष्ट्रियसभाको मंगलवारको बैठकमा दुईवटा महत्वपूर्ण संसदीय समितिका प्रतिवेदनहरु पेस भएका छन्। बैठकमा ुचलचित्र विधेयक, २०८१ र ुसङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन पेस गरिएको हो।

विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरिन्। प्रतिवेदन पेस गर्दै उनले चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक, सांस्कृतिक र आर्थिक उद्योगका रूपमा विकास गर्न नयाँ कानुन आवश्यक रहेको बताइन्। यस विधेयकले चलचित्रमार्फत नेपाललाई विश्वकै पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने, चलचित्र प्रदर्शनअघि जाँच (सेन्सर) गर्ने व्यवस्थालाई व्यवस्थित गर्ने र समग्र क्षेत्रको नियमनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन्।
त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको ‘आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ पेस गरे। उक्त प्रतिवेदनमा सङ्घीयता कार्यान्वयनको अवस्था र राष्ट्रिय सरोकारका विषयमा समितिले वर्षभरि गरेका कामकारबाही र उपलब्धिहरु समेटिएका छन्। राष्ट्रियसभाको अर्को बैठक भोलि माघ १४ गते बुधबार अपराह्न १स्१५ बजे बस्ने गरी स्थगित भएको छ।






















