जनताप्रति सरकार गम्भीर छ – मुख्यमन्त्री

धौलागिरीको २२ औं वार्षिक सधारण सभा

बुटवल,पुस २४गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयां मोडलबाट जनताको ज्यूधनको सुरक्षा गरिने बताएका छन् । हरेक प्रकार जोखिम र प्रकोपबाट जनतालाई सुरक्षित राख्न सरकापछि नहट्ने आश्वासन दिंदै मख्यमन्त्री केसीले खोपबाट जनतालाई सुरक्षित बनाउने प्रतिवद्वता जनाए। बुटवलको धौलागिरी सहकारीको शनिबार सम्पन्न २२ औं वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले जनताप्रति सरकार गम्भीर भएको बताए।उनले देशमा राजनीतिक परिवर्तन भएपनि व्यवस्थापकीय र विधिमा परिवर्तन हुन नसकेको बताए।
उनले आमजनतालाई सहकारीकरण गरी उत्पादनसंग जोड्नु पर्ने बताउंदै जनताको पूंजीलाई परिचालन गर्न लुम्बिनी प्रदेशमा विकास बैंक बनाउने योजना रहेको बताए।उनले जनताको धनसम्पतीको सुरक्षाका लागि प्रदेशस्तरीय विकास बैंक स्थापनाका लागि राष्ट्र बैंकसंग कुरा भएकोसमेत जानकारी गराए।सहकारीदेखि हरेक क्षेत्रलाई संघीय मोडल लैजानु पर्ने र त्यसका लागि प्रदेश सरकारले त्यही अनुसार काम गरेको मख्यमन्त्रीको दावी छ ।नेपाली कांगे्रस रुपन्देही सभापति तथा धौलागिरी सहकारीका संस्थापक अध्यक्ष रामकृष्ण खांणले सहकारीहरुमा अनियमितता भएकाले अनुगमन गर्नुपर्ने बताउंदै आर्थिक परिवर्तन र समृद्विका लागि सहकारीको भूमिका प्रमुख रहको बताए।


कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पत्रकार रेखा भुसाल, हरिपसाद पन्थ लगायतले बोल्नुभएको थियो ।सहकारीको २२ औं वार्षिक साधारण सभाको अवसरमा सहकारीमा आवद्व शेयर सदस्यहरु विभिन्न सामाजिक संघसंस्था, नेपाली कांगे्रसका विभिन्न पदमा विजयी तथा निर्वाचितहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै शिक्षा क्षेत्रको विभिन्न तहमा उत्कृष्ट अंक ल्याउन सफल शेयर सदस्यका छोराछोरी र सहकारीका असल ऋणीहरुलाईसमेत स्वागत तथा सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र विशिष्ट अतिथि सकारीका संस्थापक अध्यक्ष तथा नेपाली कांगे्रस रुपन्देहीका सभापति रामकृष्ण खांणले खादा र मालाले स्वागत तथा सम्मान गर्नुभएको हो । उक्त वार्षिक साधारण सभाो अवसरमा सहकारीका संस्थापक अध्यक्ष नेपाली कांगे्रस रुपन्देहीको सभापतिमा निर्वाचित भएकाले रामकृष्ण खांणलाई विशेष सम्मान गरिएको हो । सहकारीका अध्यक्ष गोविन्द खनालको अध्यक्षता, उपाध्यक्ष नारायण अधिारीको स्वागत र देवप्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । १३ सय ९७ जना शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७७।०७८ को कार्तिक मसान्तसम्ममा शेयर पूंजी २ करोड २४ लाख ७४ हजार १ सय रहेको अध्यक्ष गोविन्द खनालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त वार्षिक साधारण सभामा अध्यक्ष गाविन्द खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्तिसिंह मल्लले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक ऋषिराम भट्रराइले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।