सधै जनताको घरदैलोमा भेटिने नेता हुन् तिलक जीसी
तिलक जीसीका विश्वविद्यालय दुर्गम गाउँ–बस्ती, पहाड, खोला–नाला


श्यामलाल पोखरेल
प्यूठान, फागुन ५ गते । नेपालको कम्युनिष्ट आन्दोलनमा प्यूठानका तिलकबहादुर जीसी चिरपरिचित नेता हुन् । सधैभर जिल्लामा बसेर जनताको घरदैलोमा पुगेर राजनीतिमा सक्रिय छन्, जीसी जनताको सुख दुखमा जनताको घरदैलोमा भेटिने नेता हुन् ।

यही २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका छन् । प्युठानको माटोमा हुर्किएका, जनतासंग घुलमिल भएका वर्गसंघर्ष र कम्युनिष्ट आन्दोलनसंग जोडिएर राजनीतिकसंगै विकासका कामले परिचित उनी प्यूठानमा अनुभवी र व्यबहारिक नेताको पहिचान बनाएका सफल नेता हुन्, तिलकबहादुर जीसी ।
जनप्रतिनिधि हुंदा जीवनशैली, आचरण अनुसाशन र राजनीतिक जीवनमा पनि उनको जीवनशैली, आचरण, अनुसाशन, चरित्र निष्ठावान राख्न सफल भए । वर्ग संघर्षमा विश्वास गर्ने उनी जनता र कम्युनिष्ट पार्टीप्रति त्यागी र निष्ठावान मान्छे हुन् ।

२०२३ साल असोजमा प्यूठानको बांगेमरोठमा जन्मेका उनी २०३६ सालमा नेपाल कम्युनिष्ट पार्टी मसालको जनबर्गिय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौमा आवद्द भएर कम्युनिष्ट पार्टीको आन्दोलनमा लागेको बताउछन्, तिलकबहादुर ।
१३ वर्षको हुंदा अखिल छैठौको स्थानीय नेता र १४ वर्षको हुंदा २०३७ सालमा अखिल नेपाल युवक संघको एरिया समितिको अध्यक्ष भएर राजनीतिमा सक्रिय भएका उनी सधैभर नेपाल कम्युनिष्ट पार्टी मसाल र राष्ट्रिय जनमोर्चाको राजनीतिमा सगरमाथा बनेका उनी जनता र पार्टीको काममा कहिल्यै बिचलित भएनन् । झिमरुक जस्तै सफा र अटल भएर एकनासले बगिरहे ।
आजसम्म कम्युनिष्ट आन्दोलनको नीति, सिद्धान्त र वर्गीय दृष्टिकोणमा अडिक रहेका जीसी राजनीतिलाई व्यक्तिगत लाभ, पद वा पहुँचको साधनका रूपमा होइन, श्रमिक, किसान, उत्पीडित वर्ग र पिछडिएको समुदायको मुक्ति र अधिकारको संघर्षका रूपमा ग्रहण गरेको बताउछन् ।
प्युठानका दुर्गम गाउँ–बस्ती, पहाड, खोला–नाला र खेत–खलियाहरु उनका राजनीतिक विश्वविद्यालय हुन् । वर्गिय मुक्ति आन्दोलनमा लागेका उनी जनताको पिरमर्का, जनतामाथिका अन्या, अत्याचारको बारेमा अटल भएर संघर्षमै छन् कम्युनिष्ट आन्दोलनलाई नारामा सीमित गर्ने प्रवृत्तिको उननी खुलेर निरन्तर आलोचना गर्दै आए । उनी कसैको डर, धम्की, आश्वासन र प्रलोभनका पछाडि कहिल्यै लागेनन् । साधार जीवन र उच्च विचारलाई कहिल्यै त्यागेनन् ।
कम्युनिष्टमा लागेर थुपै्र दुख, कष्ट, बिरोधीको पिटाई, जेलनेल खांदा पनि कहिल्यै बिचल्लीत भएनन्, सगरमाथा जस्तै अटल बनेर गलत प्रवृतिको प्रतिबाद र भण्डारफोर गरे । जसका कारण इमान्दारीता, चरित्रवान, वैचारिक स्पष्टताका साथै सिद्धान्तनिष्ठ बामपन्थी आन्दोलनका अब्बल नेताका रूपमा स्थापित भएका हुन् तिलकबहादुर जीसी । कम्युनिष्ट राजनीति भनेको व्यवहारमा देखिनुपर्ने इमानदारी, पारदर्शिता र वर्गीय पक्षधरता रहेको उनी बताउछन् ।
राजनीतिसंगै तिलकबहादुर जीसी केही वर्ष जनप्रतिनिधि भएर प्यूठानमा सबैले भन्दा राम्रो तथा जनपक्षीय काम गरेर देभ विदेशमासमेत नाम कमाएका नेता हुन्, तिलकबहादुर जीसी । तत्कालिन बांगेमरोड गाविसको अध्यक्ष र नयां संरचनासंगै झिमरुक गाउंपालिकाको अध्यक्ष भएर जनताको पक्षमा काम गरेर सबैको हाइहाइ पाए ।
झिमरुक गाउँपालिकाको अध्यक्षको रूपमा उनले देखाएको नेतृत्व आजपनि स्थानीय साशनको उदाहरणका रूपमा लिइन्छ। सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेर झिमरुकको नाम राखेका थिए । योजना छनोटदेखि बजेट कार्यान्वयनसम्म जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गरेका थिए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति उनको कार्यकालको मेरुदण्ड बनेको थियो । सार्वजनिक सम्पत्तिलाई नीजि स्वार्थका लागि दुरुपयोग गर्ने प्रवृत्तिलाई कडाइका साथ रोकेर झिमरुकलाई सफल बनाएका थिए ।
गाउंपालिकामा हुने ठेक्का, योजना र उपभोक्ता समितिमा हुने अनियमिततामाथि नियन्त्रण गर्दै जनताको एक–एक रुपैयाँ जनताकै हितमा खर्च गर्न सफल भएर तिलकबहादुर जीसीले झिमरुक गाउँपालिकालाइ लुम्बिनी प्रदेशकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित गराएका थिए ।
अहिले झिमरुक हरेक हिसावले कमजोर हुंदा झिमरुकवासीसंगै आमप्यूठानीले जनप्रतिनिधि हुनुत तिलकबहादुर जीसी जस्तै भनेर उनको प्रसंसा गाउंदेखि शहर हुंदै देश विदेशमासमेत तिलकबहादुर जीसीको नाम जपिन्छ ।
उनको नेतृत्वमा सफलता संयोग थिएन, यो कम्युनिष्ट सुशासनको व्यवहारिक अभ्यास थियो । व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिने, शक्ति र पदलाई सेवाको माध्यम बनाउने र वर्गीय पक्षधरतालाई व्यवहारमा उतार्ने नेतृत्वकै कारण झिमरुकले उदाहरणीय पहिचान बनायो ।
जनताबाट प्रत्यक्ष रूपमा परीक्षण भएर पास भैसकेका उनै नेता तिलकबहादुर जीसी आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानबाट राष्ट्यि जनमोर्चाबाट उम्मेदवार बनेका छन् ।
आज देशमा कम्युनिष्ट आन्दोलनको नाममा वैचारिक विचलन, अवसरवाद र सत्ताकेन्द्रित राजनीतिमा लागेर कम्युनिष्टको बदनाम गराउनेका अगाडि तिलकबहादुर जीसी सगरमाथा बनेर निर्वाचनमा उभिएका छन् ।
मध्यम वर्गिय परिवारमा जन्मेका उनी वर्ग संघर्षसंगै नेपालको संसदमा प्रतिनिधित्व हुने गरी गिलास चिन्ह ल्याएर राष्ट्रिय जनमोर्चाको तर्फबाट अहिले प्यूठानी जनताको घरदैलोमा छन् । भ्रष्टाचार नियन्त्रण, समाजमा सुशासन कायम, गणतन्त्र, राष्ट्रियताको पक्षमा र संघीयता खारेजीका लागि बुलन्द आवाज उठाउन संसदमा जानका लागि गिलासमा मत माग्दै उनले आमप्यूठानका मतदातासंग हात थापेका छन् ।संसदलाई सौदाबाजीको थलो होइन, जनताको आवाज बुलन्द गर्ने मञ्च बनाइनु पर्ने स्पष्ट भिजन र स्पष्ट दृष्टिकोण छ उनमा ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा उनी संसदमा पुग्दा भ्रष्टाचारविरुद्ध कडा हस्तक्षेप, जनताको अधिकारका पक्षमा दृढ अडान र कम्युनिष्ट आन्दोलनको नीति–सिद्धान्त अनुसारको स्पष्ट भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ । श्रमिक, किसान, युवाहरू, महिला र उत्पीडित समुदायका सवाललाई राष्ट्रिय एजेन्डाका स्थापित गर्ने विषयमा उनी प्रतिबद्ध छन् ।
प्युठानको माटोमा हुर्किएका, आन्दोलनबाट खारिएका, जनताबाट जितेर काम गरेर देखाएका र आज पनि कम्युनिष्ट मूल्यमा अडिग तिलकबहादुर जीसी प्यूठानमा बामपन्थी आन्दोलनका अब्बल र भरोसायोग्य नेता मानिन्छन् ।
प्यूठानमा तिलकबहादुर जीसीलाई राजनीतिमा फरक विचार राख्नेहरुले पनि तिलकबहादुर जीसीको निष्ठाको राजनीति र जनप्रतिनिधि हुंदा गरेको कामको खुलेर प्रसंसा गर्ने गर्दछन् ।
तिलकबहादुर जीसीको कडा बोल्ने स्वभाब र व्यवबहारमा लचिलो बनेर काम गर्नेशैली जनपक्षीय र सबै भन्दा राम्रो पक्ष भएको बताउछन् वामपन्थी नेता विनबहादुर कुंवर ।
लामो समय कम्युनिष्ट आन्दोलनमा लागेर संघर्ष गरेका तिलकबहादुर जीसीलाई प्रतिनिसिभा निर्वाचनमा प्यूठानबाट जिताउन देशभरका वामपन्थी नेताहरुले प्यूठानका आममतदातालाई अपिल गरेका छन् ।























