‘हेबिवेट’बिच प्रतिष्पर्धाः शंकर जित्नुपर्ने दबाबमा, कांग्रेस–रास्वपा–नेकपा रोक्ने दाउमा
दाङ–२


बुटवल । निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढ्दै गएका बेला दाङ क्षेत्र न–२ लाई विशेषरुपमा हेरिएको छ । पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार बनेकाले देशकै नजरमा परेको छ । यसअघि ०७९ सालको चुनावमा तत्कालीन माओवादीकी नेता रेखा शर्मासँग १९३ झिनो मतान्तरले हारे बेहोरेका पोख्रेल यसपालि संघीय निर्वाचनको प्रतिष्पर्धालाई छिचोल्दै जित्नुपर्ने दबाबमा छन् ।

कांग्रेसले किरणकिशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक गठबन्धनका कारण कांग्रेसको उम्मेदवार थिएन । ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोरा, पञ्चायत विरुद्धको आन्दोलनमा लागेका दाजु कृष्णकिशोर घिमिरेका भाई किरणकिशोर स्वच्छ छबि भएका व्यक्ति हुन् । अघिल्लोपटक गठबन्धन हुँदा माओवादी मन नपराउनेहरुले रास्वपालाई मत दिए । यो पटक कांग्रेसले तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छ । मत हाल्न कांग्रेसका नेता कार्यकर्ता र समर्थक आतुर छन् । हामी तीनवटै क्षेत्रमा जित्छौँ, कांग्रेसका दाङ जिल्ला सभापति शंकर डाँगी बताउँछन् ।
अघिल्लो चुनावको मत हेर्दा कांग्रेसभन्दा बलियो एमाले देखिन्छ । एमाले एक्लैले २६ हजार ६८७ मत पाएको थियो । जबकि कांग्रेस–माओवादीले २६ हजार ८८० मत पाएका थिए । गठबन्धन हुँदा पनि थोरै मतले हारेको एमालेलाई भने यसपालि रास्वपा तगारो बन्ने स्थलगत रिर्पोटिङको क्रममा स्थानीय नागरिक, विभिन्न सरोकारवाला, जानकार र नेता कार्यकर्ताहरुसँग संकलन गरिएको प्रतिक्रियाले देखाउँछ ।

रास्वपाले विपिनकुमार आचार्यलाई उम्मेदवार बनाएको छ । उनी रास्वपाको सहमहामन्त्री हुन् । उनले अघिल्लोपटकको मतलाई सुरक्षित गर्दै जितका लागि धेरै मेहनत गर्नुपर्नेछ । यो क्षेत्रमा रास्वपाले अघिल्लो चुनावमा १५ हजार ८ सय ६१ मत पाएको थियो ।
नेकपाले निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । अघिल्लोपटक गठबन्धन हुँदा जितेको माओवादीले यो पटक पनि प्रतिस्पर्धामा रहेको तत्कालीन माओवादीका जिल्ला संयोजक राम दहित बताउँछन् । उनी भन्छन्, क्षेत्र २ नं.मा अघिल्लोपटक जितेका हौँ । योपटक पनि कडा प्रतिस्पर्धामा छौँ । हाम्रो सबैभन्दा राम्रो क्षेत्र नं. ३ मा छ । १ मा बागी हुँदा अलिक गाह्रो छ । तर हामी जित्ने गरी चुनावी मैदानमा उत्रेका छौँ । प्रलोपा र आम जनता पार्टीका प्रत्यक्षका उम्मेदवार नै नेकपामा प्रवेश गरेकाले नेकपालाई फाइदा पुग्ने देखिन्छ् ।
यस्तो छ उम्मेदवारहरुको पृष्ठभूमी
शंकर पोख्रेल
२०१९ सालमा तुलसीपुर उपमहानगर वडा न–१९ मा जन्मिएका विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनी अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन् । २०५१ सालमा भएको आम निर्वाचनमा दाङ क्षेत्र न २ बाट निर्वाचित भई पहिलो पटक प्रतिनिधि सभा सदस्य बनेका उनी २०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ जिल्लाको क्षेत्र न ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भएका थिए ।
तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल हुँदा पोख्रेल २०६६ जेठ ११–२०६७ माघ २३ गतेसम्म सूचना तथा सञ्चारमन्त्री भएका थिए भने २०७४ फागुन ३–२०७८ साउन २७ गतेसम्म लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । माओवादी जनयुद्धको हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व समेत गरेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोख्रेल पार्टीभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । हाल पोख्रेल नेकपा एमालेका महासचिव हुन् ।
किरणकिशोर घिमिरे
२०१९ सालमा जन्मिएका ६३ वर्षीय किरणकिशोर घिमिरे २०३६ सालदेखि पञ्चायती शासनको विरोधमा लागेका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलन पश्चात् मजदूरको हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय भएका घिमिरे पुख्र्याैली कांग्रेसीपनमा भिजेका नेता हुन् ।
घिमिरे जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धकसमेत भएर १८ वर्ष लामो अनुभव संगालेका क्षमतावान मानिन्छन् । जागिरे कार्यालयमा कुशल व्यवस्थापकीय क्षमता देखाएका उनको अहिलेसम्म कुनै दाग नलागेका कांग्रेस नेता हुन् ।
दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत् स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् । अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र पढेका उनले भारतको अवध विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
निर्मल आचार्य
२०३३ असार १५ गते जन्मिएका निर्मल आचार्य घोराही उपमहानगरपालिका वडा न १७ चौघेराका स्थायीबासी हुन् । प्राथमिक तह देउखुरीस्थित बनगाउँमा पढेका उनले २०५० सालमा एसएलसी उत्तीर्ण गरे । २०५१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा आईएमा भर्ना भए । २०५४ सालमा स्नातक अध्ययनका लागि भर्ना गए । क्याम्पसबाटै २०५५ सालमा नेपाली सेनाको गिरफ्तारीमा परे । आचार्यले जेलबाट राजनीतिक शास्त्र र अङ्ग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरे । हिरासत मुक्त भएपछि भूमिगत राजनीतिमा सक्रिय हुँदै महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकोत्तर गरेका छन् ।
विद्यार्थी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी सात पटक प्रहरीको गिरफ्तारीमा परेका आचार्य २०५५ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । सोही वर्ष माघ २९ गते पुनः प्रहरीको गिरफ्तारीमा परे । २०५५ फागुन १९ गतेदेखि २०५६ वैशाख ७ गतेसम्म बेपत्ताको सूचीमा परे । उनलाई २०५६ वैशाख ८ देखि २०५८ भदौ ६ गतेसम्म हिरासतमा राखियो । मुक्त भएपछि फेरी २०५८ मंसिर ११ गते तत्कालीन माओवादीको भूमिगत राजनीतिमा लागे ।
विपिनकुमार आचार्य
२०४६ सालमा तुलसीपुरको टरिगाउँमा जन्मिएका आचार्य बायोटेक इन्जिनियर हुन् । २०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले २०६६ सालमा भारतबाट बायोटेक इन्जिनियरिङको अध्ययन पूरा गरे । २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । केही समय ग्यालेक्सी फोरके टिभीमा क्रिएटिभ डाइरेक्टरका रुपमा समेत काम गरेका थिए ।
२०७९ को चुनावमा बाचापत्र तयार पार्ने, विधानको ‘प्राइमरी फ्रेमवर्क’ बनाउने, मोबाइल एप निर्माणमा सक्रिय भूमिका खेलेका उनी रास्वपाका संस्थापक सहमहामन्त्रीको जिम्मेवारीमा रहँदै आएका छन् । एक लाख ४० हजार नौ सय ६५ कुल मतदाता रहेको क्षेत्र न २ मा ६८ हजार ५ सय ५८ जना























