कांगे्रसको परम्परा विधि र विधान हो – सभापति पुन

बुटवल, पुस २५। नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा रुपन्देही क्षेत्र नं. २ क बाट निर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्त्रण गरिएको छ । आइतबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी निर्वाचितहरुलाई पदहस्तान्त्रण गरिएको हो। निवर्तमान अध्यक्ष माधवलाल देवकोटाले रुपन्देही २ (क) मा निर्वाचित सभापति खड्गबहादुर महतलाई पद हस्तान्तरण गर्नुभएको हो। सोही कार्यक्रममा बोल्दै नेपाली कांगे्रस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांगे्रसमा काम गर्नका लागि विधि र विधान मान्नु पर्ने बताए।
कांगे्रसको परम्परा विधि र विधान भएकाले पार्टीको विधि र विधान नमान्नेहरु कांगे्रस हुन नसक्ने सभापति पुनको भनाइ छ ।सभापति पुनले अब कांगे्रसमा बदमासी गर्न नपाईने भन्दै असली कांगे्रस भएर पार्टीमा कामगर्न कार्यतालाई निर्देशन दिए ।कांगे्रसलाई धेरै सुधारन आवश्यक रहेको उल्लेख गर्दै कांगे्रसमा नेता भन्दा कार्यकर्ता खराव रहेको बताए। सभापति पुनले दाजु, दिदीदिदी भन्दै नेतृत्वलाई खराब बनाउने कार्यकर्ता भएको उल्लेख गर्दै अब सबै कांगे्रस राम्रो र जनताको कांगे्रस बनाउने गरी काम गर्नुपर्ने बताए।
कांगे्रसले मुलुकलाई अगाडी बढाउन सक्ने दावी गर्दै सभापति पुनले भने– अधिकार पाईयो भन्दैमा जे पायो त्यही गर्न अब कसैलाई छुट छैन, विधि र विधान मान काम गर ।उनले चार वर्षे कार्ययोजना बनाएर आफुले काम गर्ने आश्वासन दिंदै सफ्टवेयर निर्माण गरेर लुम्बिनी प्रदेशका क्रियाशील कांगे्रस सदस्यहरुको तथ्याकं राख्ने बताए। कार्यक्रममा कांगे्रस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डेय, तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, जीतबहादुर मल्ल, केशरी पाण्डे, मुक्ति अधिकारी लगायतले बोलेका थिए। सचिव राममाया पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वर्तमान सभापति खड्गबहादुर महतले सबैसंग सहकार्य गरेर पार्टीलाई अगाडी बढाउन संगठन निर्माणमा लाग्ने प्रतिवद्वता जनाए।