हामी इरानको पक्षमा छौ – मसाल

बुटवल, फागुन १६ गते । नेकपा मसालले इरानमाथि अमेरिकी पिछलग्गु देश इजरायलद्वारा गरिएको आक्रमणको सन्दर्भमा पार्टी इरानी जनताको पक्षमा रहेको बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले फागुन १६ गते शनिबार विज्ञप्ती जारी गरी पार्टी को धारणा तथा विचारबारे जानकारी गराएका छन् ।
इजरायलको उक्त कदमले देशलाई तेस्रो विश्वयुद्धमा पु¥याउने, उक्त युद्ध आणविक युद्ध हुने बताउँदै मसालले त्यसबाट मानवताको नै नाश हुने चेतावनी दिएको छ ।

साम्राज्यवाद सधैँ युद्धको स्रोत हुने उल्लेख गर्दै मसालले वक्तव्यमार्फत इरानी जनता त्यो युद्धमा विजय हुने आशा प्रकट गर्नुका लागि विश्वभरिका विश्वशान्तिका पक्षधर जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

विज्ञप्तीको पूर्णपाठ

“नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले इरानमाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलले गरेको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दछ । उनीहरूको त्यो कदमले विश्वलाई तेस्रो विश्वयुद्धमा पु¥याउनेछ, जुन आणविक युद्धमा पनि परिणत हुन सक्नेछ । यो निश्चित छ कि यदि आणविक युद्ध भयो भने यसले सम्पूर्ण मानवताका लागि ठुलो खतरा निम्त्याउनेछ ।

साम्राज्यवाद सधैँ नै युद्धको मुख्य स्रोत हुन्छ । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि साम्राज्यवादले आतङ्कवादको रूप लिएको छ । यसरी ट्रम्पको नेतृत्वमा साम्राज्यवादी आतङ्कवाद सम्पूर्ण मानवता र विश्वशान्तिको लागि ठुलो खतरा बनेको छ । यो पृष्ठभूमिमा विश्वशान्तिको रक्षा गर्न र साम्राज्यवादी फासीवाद विरुद्ध लड्न अगाडि आउनु विश्वभरका सबै शान्तिप्रेमी जनताको अन्तर्राष्ट्रिय जिम्मेवारी बन्छ ।

हामी विश्वस्त छौँ कि इरानका जनता अमेरिकी साम्राज्यवादमाथि विजयी हुनेछन् । अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गुले उनीहरूमाथि गरेको आक्रमण विरुद्धको न्यायपूर्ण युद्धमा हामी इरानका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”