एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसी

बुटवल, पुस २५गते। नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तजेन्द्र केसी निर्वाीचत भएका छन्। गत शुक्रबारदेखि शुरु भएको एमाले रुपन्द्येहीको नवौं अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।पार्टीले अध्यक्षका लागि तेजेन्द्र केसीलाई अगाडी सारेपनि तत्कालिन कमिटिका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए। शनिबार नै एमालेले तेजेन्द केसीलाई अध्यक्षमा सिफारिस गरेपनि पुरुषोत्तम घिमिरेले अध्यक्ष पदमा दावी गरेका थिए। अन्तत नेताहरुले हरप्रयास गरेर अध्यक्ष लागि उम्मेदवारी घोषणा गरेका घिमिरेलाई मनाएपछि तेजेन्द्र केसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमती जनाउदै उम्मेदवारी दिएका साविक कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आफुले दिएको उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध अध्यक्ष चयन भएका हुन्। २०४२ सालदेखि बिद्यार्थी राजनितीबाट एमालेमा लागेका तेजेन्द्र केसीलाई एमालेका उपाध्यक्ष र सचिव छविलाल विश्वकर्माले साथ दिएका थिए।
एमाले रुपन्देहीको उपाध्यक्षमा जागेश्वरदेवी चौधरी ,उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी निर्विरोध चयन भएका छन् । त्यसै गरी सचिवमा यज्ञ गैरे निर्वाचित भएका छन्। सचिवमा खेक लुइटेलले दावी गरेपनि अन्तिम समयमा सचिवमा दिएको उम्मेदवारी लुइटेले फिर्ता गरेपछि गैरे सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।