पुटिनले इरानसँग वार्ता गर्ने

काठमाडौँ । अमेरिका र इजरायलले इरानसँग जारी गरिरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग वार्ता गर्ने भएका छन् । यसको उद्देश्य मध्यपूर्वका देशहरूमा आक्रमण रोक्नु र बढ्दो तनाव कम गर्नु रहेको बताइएको हो।

पुटिनले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग फोनमा कुरा गरिसकेका छन्। दुवै नेताहरूले द्वन्द्वको गम्भीर परिणामहरूको बारेमा चिन्ता व्यक्त गरेका छन्।

क्रेमलिनका अनुसार पुटिनले खाडी देशहरूको चिन्ता सिधै तेहरानलाई बुझाउनेछन् र कूटनीतिक प्रयासहरू मार्फत स्थिति स्थिर पार्ने प्रयास गर्नेछन् ।हालैका आक्रमणहरुमा इरानले साउदी रिफाइनरी, यूएईको फुजैराह ऊर्जा केन्द्र र कतारको रास लाफान एलएनजी सुविधालाई निशाना बनाएको छ। यसले विश्वव्यापी ऊर्जा बजारलाई पनि असर पारेको छ।