युएईस्थित अमेरिकी वाणिज्य दूतावासनजिक ड्रोन आक्रमण


दुबई । युएईस्थित दुबईमा रहेको अमेरिकी वाणिज्य दूतावासनजिक ड्रोन आक्रमणपछि आगलागी भएको छ । संयुक्त अरब इमिरेट्सको उक्त शहरमा भएको घटनामा आपत्कालीन टोली तत्काल परिचालन भई आगो नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अधिकारिहरुका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा भवनबाट ठूलो आगो र धुवाँ निस्किएको देखिन्छ । यसअघि मंगलबार नै इरानले साउदी अरबमा रहेको अमेरिकन दूतावासमा आक्रमण गरेको थियो ।






















