नेपाल यातायात व्यवसायी रुपन्देहीमा पदस्थापना


बुटवल, चैत १३ गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।
गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमतिका पदाधिकारी र सदस्यहरुको शुक्रबार एक कार्यक्रमको आयोजना गरी पदस्थापना गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका निर्वाचन प्रमुख अधिवक्ता अर्जुन कार्कीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको अध्यक्षमा कविन्द्रमान श्रेष्ठ, सचिवमा विजय कुँवर, कोषाध्यक्षमा एजाज वारिस चयन भएका थिए । त्यस्तै समितिको सदस्यहरुमा नरिनारायण घिमिरे, मोहम्मद शहिद मुसलमान, सुनिल गदाल, रामबहादुर शाही, खड्कबहादुर गुरुङ र विष्णुबहादुर खत्री निर्वाचित निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी गराएका छन् ।

पदस्थापनापछि उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कविन्द्रमान श्रेष्ठले यातायात व्यवसायीका हकहित संरक्षण र व्यवसायमा देखिएका समस्या समाधानका लागि सबैसंग सहकार्य र सम्बादको माध्यमबाट अगाडि बढ्ने प्रतिवद्दता जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक तथा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सञ्जिव रोकाले नयाँ नेतृत्वका लागि चुनौती र अवसर दुवै भएकाले चुनौतीलाई सामाना गर्दै अबसर खोजी अघि बढ्न सुझाव दिएका छन् ।
महासंघका केन्द्रीय सदस्य तथा बुटवल यातायात प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवर्तमान सचिव दीपक श्रेष्ठ, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का कोषाध्यक्ष सियाराम यादवलगायतले बोल्दै नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिंदै व्यवसायीको हितमा काम गर्न सुझाव दिएका छन् ।
निर्वाचन सािमतिका प्रमुख अधिवक्ता अर्जुन कार्कीको अध्यक्षता र निर्वाचन आयुक्त पत्रकार खिमानन्द भट्टराईको सञ्चालनमा पदस्थापना कार्यक्रम भएको थियो ।























