वनको दीगो विकासप्रति सरोकारवालाको प्रतिवद्वता

शंकरनगर सामूदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा

श्यामलाल पोखरेल

तिलोत्तमा, पुस २९ । वनलाई राष्ट्रको सम्पतीको रुपमा संरक्षण गरी विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन र दीगो विकाका लागि साझा विषय बन्नुपर्ने उनीहरुको भनाइ छ ।रुपन्देहीको शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ को बिहीबार सम्पन्न २१ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले वनको दीगो विकासका लागि सबै साथ सायोग हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले सामूदायिक बनको जग्गा अतिक्रमण गर्न खोज्नेहरुका बिरुद्व सर्वोच्च अदालतले जनताको पक्षमा स्वागतयोग्य निर्णय गरेको भन्दै सर्वोच्च अदालतको प्रशंसा गरे। वन र जनताको पक्षमा सर्वोच्चले निष्पक्षीय निर्णय गर्दिएको उल्लेख गर्दै अब वन क्षेत्रलाई सुन्दर तथा हरियाली बनाएर नयां सन्ततिलाई सुम्पिनु पर्ने बताए।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोदराज सुवेदीले वन ऐन बन्न नसकेको बताउंदै वन ऐन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए। उनले प्रदेश सरकारले प्रदेशको मातहतमा र संघीय सरकारले संघीय मातहतमा वन राख्ने होटवाजीका कारण वन ऐन बन्न नसकेको बताए। शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ का अध्यक्ष रिवन्द्र बस्नेतले वनको दीगो विकासका लागि सबैको साथ सहयोग चाहिने बताउंदै स्थानीय उपभोक्ताको हितमा काम भएको बताए। .
कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपाल पाण्डे अल्क्षी, वनका सल्लाहाकार टेकबहादुर थापा, एमाले तिलोत्तमा नगरका नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका बेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका भुमबहादुर बुढा, पूर्व अध्यक्ष केशव न्यौपाने, करैया सामाूदायिक वनका अध्यक्ष खेमप्रसाद गौतम, शारदा तिवारी, गीता बस्याल, लोकनाथ पाण्डे लगायतले बोल्दै वनको संरक्षण र दीगो विकासमा सहयोग पुराउने प्रतिवद्वता जनाए।। उक्त वार्षिक साधारण सभाको अवसरमा हड्प्न खोजीएको वनको जग्गा फिर्ता ल्याउन कानुनी प्रक्रियामा सहयोग पराएको भन्दै वरिष्ठ अधिवक्ता गोपाल पाण्डे अल्क्षी, कमलराज जोशी, अधिवक्ता खुमाकात पौडेलललाई सम्मान गरिएको थियो।
त्यस्तै वनको दीगो विकासमा सहयोग पुराउनु भएका वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरु केशवराज न्यौपाने,क्याप्टेन पे्रमबहादुर भण्डारी, उमानाथ कंडेललाई पनि सम्मान गरिएको छ । साथै पूर्वअध्यक्ष स्व.भवानीप्रसाद देवकोटा र स्वं दिलबहादुर कार्कीलाई मरोणोन्तप्रान्तबाट सम्मान गरिएको छ ।त्यस्तै शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ अन्र्तगतका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार पांच जना विद्यार्थी तथा छात्रछात्रा प्रतिव्यक्ती ३ हजारका दरले सहयोग प्रदान गरिएको छ। वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतको अध्यक्षता, सचिव कालिका अधिकारीको सञ्चालन,लेखनाथ ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा अध्यक्ष रविन्द्र बस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भुवन आर्चाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।