इन्धनको विकल्प खोज्न सरकारलाई आग्रह

बुटवल, १२ बैशाख । विश्व बजारमा यन्धनको समस्याले नेपालमा संकट पर्ने समबावना रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले इन्धनको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।

शनिबार सब्पन्न ग्याँस बिक्रेता संघ रुपन्देहीको १२ औं बार्षिक साधारण सभा तथा छैठौं अधिबेशनमा बोल्ने सरोकारवालाहरुले इन्धनको मुल्य बढ्दै जांदा समस्या उत्पन्न भएकाले उपभोक्तालाई सहुलियतमा विद्युत उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

सरकारले चाहेमा आमउपभोक्ताई सस्तोमा विद्युत उपलब्ध गराउन सक्ने बताउंदै विद्युतको महसुलको मुल्य सस्तो बनाएर विद्युतीय उपकरणहरु बढी प्रयोग गर्ने बेला आएको बताए ।

साधारण सभा तथा अधिवेशनमा बोल्दे संघका अध्यक्ष केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले विश्व बजारमा भएको ईन्धन संकटले गर्दा नेपालमा ठूलो समस्या उत्पन्न भएको र यो समस्या अझै बढ्ने बताए । मध्यपुर्व र पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको बताउंदे नेपालमा इन्धनको विकल्प नभएकाले समस्या भोगनु परेको बताए ।

संघका पूर्व अध्यक्ष सागरमणी अग्रवालले समस्त ग्याँस ब्यबसायीका समस्या समाधान गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिंदै हामी सबै व्यवसायी उपभोक्ताप्रति पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष ईन्द्रकुमार श्रेष्ठले उद्योग ब्यबसायलाई नियम कानुन पालना गरेर काम गर्नुपर्ने र त्यसका लागि व्यवसायीमैत्री वातावरण बनादिन सरकारसंग माग गरे ।

कार्यक्रममा ग्याँस बिक्रेता संघ रुपन्देहीका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठ, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाल, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल ग्याँस उद्योगका संचालक भुपालकुमार श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, ग्याँस ब्यबसायी कृष्णप्रसाद पौडेल लगाएतले बोल्दै व्यवसायी र आमउपभोक्ताका समस्या बुझेर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।