प्युठानमा चट्याङ लागेर बाउ छोराको मृत्यु, दुई जना घाइते


प्यूठान, बैशाख १३ गते । प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङमा चट्याङ लागेर बाउ छोराको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर करिव ७० वर्षिय केदार बोहोरा क्षेत्री र २८ वर्षीय रामु बोहोरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी गराएका छन् ।

प््रहरकिा अनुसार चट्याङ लागेर घाइते भएका उनीहरुको जिल्ला अस्पताल प्यूठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङका कारण अन्य दुई जना घाइतेको जिल अस्तालमा उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।























