रुपन्देहीमा १४१५ घर परिवारलाई लालपूर्जा वितरण


बुटवल, बैशाख २३ गते । रुपन्देहीमा हालसम्म १४ सय १५ घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी १४ सय १५ घर परिवारलाई लालपूर्जा वितरण गरिएको जानकारी गराएका हुन् ।

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेलगत्तै बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो पालामा भएको उपलब्धी तथा कामबारे जानकारी गराएका हुन् ।
थपा अध्यक्ष रहेको टिमले २०८१ चैत १० गतेदेखि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बाट नाप जांच सुरु गरेको थियो ।
यो अबधिमा कञ्चन गाउंपालिकामा ४५१, सियारी गाउंपालिकामा ११, देवदह नगरपालिकामा ७८८ र सैनामैना नगरपालिकामा १६५ गरी १४१५ घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

अध्यक्ष थापाका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा ६४६ परिवारलाई लालपूर्जा वितरणका लागि राजश्व बुझाउने सूचना निकाल्ने तयारी भएकै अवस्थामा सरकारले भूमि समस्या समाधान आयोग विघटन गरेपछि रोकिएको छ ।
त्यस्तै रुपन्देहीमा ५८ हजार घरपरिवारको जग्गा नापजांच सकिएकोसमेत अध्यक्ष कुमार थापाले जानकारी गराएका छन् ।
आयोगले जिल्लामा दूर्त गतिमा काम गर्ने गरी योजना बनाएपनि जिल्ला नापी कार्यालयका प्रमुख मणिप्रसाद रेग्मीले असहयोग गरेका कारण भनेजति काम गर्न नसकिएको अध्यक्ष थापाले बताए ।
अब्ववस्थित बसोवासी र सुकुम्वासीबारे सरकार प्रष्ट नभएको बताउंदै अध्यष थापाले भने यो समस्या हल गर्न अधिकार सम्पन्न भूमि समस्या समाधान आयोग बनाउनु पर्छ । यस्तो अहिलेको जस्तो अधिकारबिहिन आयोग भए यो समस्या ३० वर्षमा पनि सल्टिन्न ।
कर्मचारीलाई जिम्मा दिएर हुदैन स्थानीय सरकार यो विषयमा सक्रिय हुनुपर्छ तब मात्र यो समस्या हल गर्न सकिने अध्यक्ष कुमार थापाको भनाइ छ।
























