बुटवलबाट भुपेन्द्र बचाउ अभियान शुरु

श्यामलाल पोखरेल बुटवल, असार ८  केही दिनदेखि प्यूठानका भुपेन्द्र परियार बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको आइसियु कक्षमा छन् । झिरुक ५ ओखरकोट निवासी ५२ वर्षिय भुपेन्द्र बे्रन ह्यामरेज भएको छ । अर्धचेत अवस्थामा रहेका भुपेन्द्रको उपचारका लागि आर्थिकको अभाव भएपछि घरपरिवार, आफन्तहरुले सबैसंग सहयोगको याचना गरेका छन्

। आर्थिक अवस्था कमजोर रहेको भुपेन्द्रको उपचारका लागि आर्थिक अभाव भएपछि बुटवलबाट भुपेन्द्र बचाउ अभियान शुरु गरिएको छ । केही महानुभावहरुले आर्थिक सहयोग गर्नुभएको छ, भने केहीले सहयोग गर्ने प्रतिवद्दता जनाउनुभएको भुपेन्द्र बचाउ अभियानका अभियान्ता प्रदीप जीसीले जानकारी गराउनुभयो । यो रोगको उपचार पद्दति निकै महंगो भएकाले आफ्नो हैसियत नभएकाले बाबालाई बचाउनका लागि सहयोग गर्दिन हुन भुपेन्द्रका छोरा सञ्जय परिवारले अनुनय गर्नुभएको छ ।

बाबालाई बचाउन सकिए काम गरेर भएपनि जीवन निर्वाह गर्न हुन्थ्यो, घरको अवस्था कमजोर भएकाले आफुले जीवनमा ठूलो पीडा भोग्नु परेको बताउनुहुन्छ, सञ्जय परियार । गरिब भएकै कारण बाबालाई सन्चो बनाएर घर लैजाने मेरो सपना अपुरो हुनेभयो भन्दै भक्कानिदै सबैसंग सहयोगको याचना छ, सञ्जयको । भुपेन्द्र परियार बचाउ अभियानमा प्यूठान रुपन्देही सम्पर्क मञ्चले सहजीकरण गरिरहेको छ । अहिले देश विदेशबाट सानो तिनो सहयोग भएपनि भुपेन्द्रको उपचारमा लाग्ने खर्च जुट्न नसक्दा घर परिवार चिन्तित छ ।

अस्पताले पनि केही सहयोग गर्ने बचन दिएपनि यो उपचारको पद्दती नै बढी महंगो र लामो समय उपचार गर्नुपर्ने डाक्टरहरुको भनाइ छ । बिरामीको अवस्थामा केही फरक भएकाले निको हुन सक्ने सम्भावना रहेको तर पुरा निको हुन तीन महिना लाग्न सक्ने भएकाले करिव ७ देखि ८ लाख खर्च ह्ुन सक्ने लुम्बिनी सिटी अस्पतालका व्यवस्थापक बसन्त जीसीको भनाइ छ ।

यो पद्दति महंगो भएकाले खर्च बढी लाग्न सक्ने र विरामीको आर्थिक अवस्था कमजोर भएकाले केही हेरफेर गरेर सक्दो सहयोग गर्ने अस्पतालले बताएकाने छ । भुपेन्द्र बचाउ अभियानमा सहभागी बनेर सहयोगका लागि निम्न नम्ब र व्यक्तिलाई सिधार सम्पर्कका लागि भुपेन्द्र बचाउन अभियानले आग्रह गरेको छ ।

सम्पर्कका लागि सन्जय परियार ( छोरा ढडद्धण्ढछढछज्ञघ , प्रदिप जीसी ढडछठण्घद्धज्ञठढ बुटवल दलबहादुर जीसी ढडद्धठटछठज्ञद्दण् बिशाल जीसी, ढठद्धघघटण्छद्दछढ( कतार,प्रकाश जीसी ढडद्धठछडछठद्धद्द बांके पैसा पठाउनका लागि कबलवबथ उबचष्थबच भकभधब ष्म ढडद्धण्ढछढछज्ञघ ।