पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग


श्यामलाल पोखरेल बुटवल, फागुन १६ ।होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ । होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीको आइतबार बुटवलमा २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्ने वक्ताले पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारे स्पष्ट पर्यतन नीति बनाउन व्यवसायीको माग छ । आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको बताए । पर्यटन व्यवसायीले सरकारले दिएको पुनरकर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदा पनि आधिकारिक निकायमहरु मौन रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताउनुभयो । पर्यटनदेखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने ताउनुभयो । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्याता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको छ भन्नुभयो । सांसद श्रेष्ठले रुपन्देहीका हरेक संघसंस्थाहरु अब्बल रहेको उल्लेख गर्दै रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थान गर्नुपर्नेमा जोड दिनुभयो ।

होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहाले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताउनुभयो । पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी लागेकाले लगानीको संरक्षण र व्यवसायमैत्री वातावरण कायम गर्ने दायित्व राज्य, सरकारको हो भन्नुभयो । अध्यक्ष शाहाले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधान उपलब्ध गराउन माग गर्नुभयो । पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सचिव माधव नेपाल, हानका केन्द्रिय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, होटल तथा रेष्टुरेष्ट रुपन्देहीका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बांके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कडेल, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुइटेल लगायतले बोल्नु भएको थियो ।
संघका अध्यक्ष समुन्द्र जीसीको अध्क्षता, वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको स्वागत र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । साधाारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट टिकाराम घिमिरे, उत्कृष्ट व्यवसायी लाइमनलेमन क्याफेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
हुन सकेन सहमति
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको फागुन १७ गते नयां नेतृत्वका लागि निर्वाचन हुदै छ । सर्वसम्बत रुपमा नयां नेतृत्व चयन हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्ने तयारी शुरु भैसकेको छ । समुन्द्र जीसीले नेतृत्व गरेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कार्यअवधी सकिएपछि नयां नतृत्व चयन गर्न थालिएको हो । १६ गते खुल्ला र बन्दसत्र सकिएको छ । पेशा व्यवसाय एउटै भएपनि राजनीतिक बिचारको आधारमा व्यवसायी व्यवसायीबीच फाटो परेको छ ।
जसका कारण राजनैतिक रुपमा नै नयां नेतृत्वका लागि व्यवसायीले आआफ्ना प्यानल खडा गरेका छन् । प्रचण्ड, नेपाल समूहको नेकपा, नेपाली कांगे्रस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलसंग आवद्व पर्यटन व्यवसायीले संयुक्त प्यानल खडा गरेका छन् । जुन प्यानलबाट अध्यक्षको नेतृत्व जीवन श्रेष्ठले गर्नुभएको छ । त्यस्तै सत्ता पक्षीय नेकपा निकट व्यवसायीले पनि छुट्टै प्यानल खडा गरी चुनावी प्रचारमा लागेका छन् । जुन प्यानलबाट अध्यक्षको नेतृत्व रामप्रसाद गौतमले गर्नुभएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा ८ सय ५० जना मतदाता रहेको निर्वाचन समितिले जानकारी गराएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










