संसदीय व्यवस्था पूर्णरुपमा असफल – विप्लव

कपिलवस्तु,फागुन २४ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (बिप्लव) ले नेपालमा संसदीय व्यवस्था पूर्णरुपमा असफल भएको दावी गर्नुभएको छ । संसदीय व्यवस्था बिरुद्व बिद्रोह गरिएको उल्लेख गर्दै महासचिव विप्लवले भन्नुभयो – जनताबाट व्यवस्था चुन्नका लागि जनमत संग्रहमा जानु पर्छ । सोमबार कपिलवस्तुमा आयोजित पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौ राष्ट्रिय सम्मेलनमा बोल्दै नेता विप्लवले जनताले दललाई चुन्ने हैन, जनताले व्यवस्थालाई चुन्ने हो भन्नुभयो ।

ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको उल्ल्ेख गर्दै अहिले सच्चाएर फुकुवा गरेको बताउनु भएको । सत्यको सधै जित हुने भएकाले प्रतिवन्धमा रहंदा जनताको साथ रहेको दावी गर्नुभयो । सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौ भनेपनि आफुहरु सत्य र न्यायका लागि लडेकाले सरकार असफल भएको दावी गर्नुभयो । समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन अन्त्यमा गलत सावित भएको नेत्रविक्रम चन्दको टिप्णी छ ।

गाउंगाउंमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई सरकारले कारवाही गर्न नसकेका कारण आफुहरुले कारवाही गरेको बताउनु भयो । दास भएर मर्नुभन्दा देश र जनताको लागि अन्यायका विरुद्ध प्रतिवाद गर्ने चेनावनी दिनुभयो । उहांले प्रचण्ड र बावुरामले सत्ता पाएपछि शहीद, किसान ,मजदूहरुलाई भुलेको आरोप लगाउनु भयो । महिललाई पुरुष सामान हाम्रो समाजले नमानेकै कारण महिलाहरु पछाडी परेको उहांको भनाइ छ ।

विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जेलमा बसेको अनुभव सुनाउदै देशमा बेरोजगारिको समस्याले अधिकांश युवाहरु लागुपदार्थ दुव्र्यसनीका मुद्दामा जेलमा रहेको बताउनुभयो । सरकारसंग भएको तीन बुदे सहमती भएको बताउदै देश समृद्व बनाउने आधारहरु रहेको बनाउनु भयो । सरकार र विप्लब नेतृत्व नेकपाबीच यही फागुन २१ गते तीन बुदे सहमति पत्रमा हसताक्षर भएसंगै नेता नेत्रविक्रम चन्दसहितका भूमिगत अवस्थामा रहेका नेता तथा कार्यकर्ता खुल्ला भएका छन् । नेक्रविक्रम चन्द विप्लवले खुल्ला भएपछि पार्टीका कार्यक्रमहरुमा सक्रियता देखाउनुभएको छ ।