रुपन्देहीका होटल तथा पर्यटन व्यवसायी चुनावी अभियानमा

श्यामलाल पोखरेल : बुटवल, फागुन १३ रुपन्देहीका होटल तथा पर्यटन व्यवसायीको नयां नेतृत्वका लागि चुनावी चहल पहल बढेको छ । समुन्द्र जीसीले नेतृत्व गरेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कार्यअवधी सकिएसंगै पर्यटन व्यवसयाी व्यवसायीबीच चुनावी चहल पहल बढेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको यही फागुन १६ र १७ गते हुने २० औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन नजिकिएसंगै पर्यटन व्यवसायी चुनावी अभियानमा जुटेका छन् ।

पेशा व्यवसाय एउटै भएपनि राजनीतिक बिचारको आधारमा व्यवसायी व्यवसायीबीच फाटो परेको छ । जसका कारण राजनैतिक रुपमा नै नयां नेतृत्वका लागि व्यवसायीले आआफ्ना प्यानल खडा गरेका छन् । आआफ्ना गठबन्दन तयार गरी चुनावी प्रतिष्पर्धा उत्रेका छन् ।
प्रचण्ड, नेपाल समूहको नेकपा, नेपाली कांगे्रस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्र्टी लगाएतका राजनीतिक दलसंग आवद्व पर्यटन व्यवसायीले संयुक्त प्यानल खडा गरेका छन् । चार पार्टीका व्यवसायी संलग्न प्यानलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो प्यानलको अध्यक्षसहित पदाधिकारी र सदस्यहरुका उम्मेदवारी सार्वजनिक गरिएको छ ।
संयुक्त प्यानल

अध्यक्षका प्रत्यासी जीवन श्रेष्ठ अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ । श्रेष्ठ संघमा २ कार्याकाल सदस्यहुँदै एक कार्याकाल द्वितृय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । संयुक्त प्यानलको वरिष्ठ उपाध्यमा लाबहादुर केसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उउपाध्यक्षमा चिरन्जीवी पोख्रेल(बाबुराम) तथा महासचिवमा प्रेम बञ्जाडे रहनुभएको छ । यसैगरी सचिवमा अर्जुन थापा, कोषध्यक्ष चुत्रबहादुर पौडेल र सह कोषाध्यक्ष खेमराज पोखरेल हुनुहुन्छ ।

त्यस्तै सदस्यहरुमा प्रदिप जीसी, केशब कँडेल, दिनेश भुसाल, रिना काफ्ले, यम गलामी,कृष्ण पाण्डे।। दिपक योगी, लक्ष्मण बश्याल,सुन्दर श्रेष्ठ, होम बहादुर केसी र प्रेम भट्टराई हुनुहुन्छ । संयुक्त प्यानलका लागि पूर्व अध्यक्षहरु मोदनाथ बेलवासे, महेन्द्र श्रेष्ठ, पे्रमलाल पाण्डे, पर्यटन व्यवसायीका नेता देवी श्रेष्ठ लगायतको समर्थन रहेको छ । संयुक्त प्यानलले उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड, नेपाल समूह नेकपाका रुपन्देही अध्यक्ष राजु गुरु«, नेपाली कांगे्रसका खेलराज पाण्डे, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी र जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल तथा अन्य नेताहरु हरी घिमिरे, चिरञ्जीबी पौडेलको उपस्थिती रहेको थियो ।

ओली समूह नेकपा
केही दिन अघि नेकपा ओली समूहले रामप्रसाद गौतम अध्यक्ष रहेको प्यानल खडा गरी सार्वजनिक गरिको थियो । संघको वर्तमान अध्यक्ष समुन्द्र जीसीको समर्थन रहेको नेकपा ओली समूहको प्यानलमा वरिष्ठ उपाध्यक्षका लागि बाबुराम गौतम, प्रथम उपाध्यक्ष मोहन पाण्डे, महासचिव माधव खनाल, सचिव अर्जुन थापा, कोषाध्यक्ष टंक पराजुली तथा सह कोषाध्यक्ष देबु ढकाल रहने गरी चुनावी प्यानल घोषणा गरिएको छ ।

पे्रस विज्ञप्ती

नमस्कार
होटल तथा रेस्टुरेन्ट ब्यबसायी संघ रुपन्देहीको यहि फाल्गुन १६ र १७ गते सम्पन्न हुन गैरहेको २०औ साधारण सभा तथा १०औ अधिबेशनका लागि संयुक्त उम्मेदवार घोसणा सभा कार्यक्रममा उपस्थित आदरणीय पत्रकार बन्धुहरु,अग्रज व्यक्तित्व ज्युहरु अनि ब्यबसायी मित्रहरु यहाहरु सम्पूर्ण प्रति हार्दिक अभिवादन,
‘अतिथिदेवो भवः पाहुना हाम्रा देवता हुन’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दैगौतम बुद्धको जन्मभूमि अर्थातलुम्बिनीकोमाटो, तिनाउ नदीको पानी र चट्टानमा ब्यबसायिक एकता,हक,हित,अनुशासन अनि कर्तव्यबोधकायम गरि हाम्रो ब्यबसाय प्रबर्द्धन गर्दैमुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि होटल तथा रेस्टुरेन्ट ब्यबसायकोमाध्यमबाटउल्लेखनियभूमिका निर्वाह गर्नका लागि मेरो (जिवन श्रेष्ठ ) को नेतृत्वमा निम्नानुसारको संयुक्त प्यानल चुनावी मैदानमा होमिएको घोषणा गर्दछु।

अध्यक्ष – जीवन श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष – लाल बहादुर के सी
प्रथमउपाध्यक्ष –लेखनाथ भण्डारी
दित्तीय उपाध्यक्ष –चिरन्जीवी पोख्रेल ( बाबुराम)
माहासचिव – प्रेम बन्जाडे
सचिव – अर्जुन थापा
कोषाध्यक्ष – चुत्रबहादुरपौडेल ( टेकु)
स–कोषाध्यक्ष– खेमराज पोख्रेल
सदस्यहरु
१. प्रदिपजी सी
२. केशब कँडेल
३. दिनेश भुषाल
४. रिना काफ्ले
५. यम गलामी
६. कृष्ण पाण्डे
७. दिपक योगी
८. लक्ष्मण बश्याल
९. सुन्दर श्रेष्ठ
१०. होम बहादुर के सी
११. प्रेम भट्टराई

आदरणीय पत्रकार बन्धुहरु
व्यक्तिगत रुपमा भन्नुपर्दा म बिगत१५ वर्ष देखि होटल ब्यबसाय संचालन गर्दैआइरहेको छु क्ष् यस होटल तथा रेस्टुरेन्ट ब्यबसायी संघमा२कार्यकालसदस्यहुदैएक कार्यकाल दित्तीय उपाध्यक्ष, एक कार्यकाल प्रथम उपाध्यक्षहालबरिष्ठ उपाध्यक्ष पदमा रही ब्यबसायिक हक हितका काममा लागिरहेको छु क्ष् बरिष्ठ उपाध्यक्ष भएको व्यक्तिले संस्थाको नेतृत्व गर्न खोज्नु कुनै नाजायज अपेक्षा पक्कै होइनक्ष् म यसभन्दा अघिल्लो कार्यकाल नेतृत्वमाजाने इच्छा प्रकट गर्दा अग्रज तथा सस्थाका जिम्मेवार व्यक्तित्वहरुको अनुरोधलाई स्वीकार गरि बरिस्ठ उपाध्यक्ष पदमा रहे क्ष् तर अहिले आएर मेरो इमान्दारिताको फाइदा उठाउदै म लगायत सिंगो सस्थाको गरिमालाइ धमिल्याउने दुस्प्रयासका साथ राजनीतिक दबाब देखाउदै म लगायतका साथीहरुलाई सस्थागत अन्याय गरिएकोले बाध्य भएर मेरो नेतृत्वमा चुनावी मैदानमा जानुपरेको तितो यथार्थ तपाईहरुका सामु अवगत गराउन चाहान्छु क्ष्हाम्रो टिम साच्चिकै ब्यबसा यिक बिभिन्नता र भौगोलिक हिसाबले समेटिएर अघि बढेका छौ

ताकी सबै क्षेत्रका ब्यबसायिक साथीहरुको व्यवसाय प्रबर्दनमा संघले उचित पहलकदमी लिन सकोस क्ष् यो प्यानलका सम्पूर्ण उम्मेद्वारहरु अत्यन्तै सक्षम,नेतृत्वदायी क्षमता भएका इमान्दार व्यक्तिहरु हुनुहुन्छक्ष् हामि हाम्रो कार्यकाललाइ ब्यबसाय मैत्री र परिणाममुखी बनाउनका लागि बोलेर होइन काम गरेर देखाउन प्रतिवद्द छौ क्ष् आजको यो उपस्थितिले हाम्रो जित हुने पक्का भएको मैले महशुस गरिरहेको छु क्ष्तथापि हाम्रो संयुक्त प्यानलको बिजय सुनिस्चित गर्नका निम्ति यहाहरु सम्पूर्णको निरन्तरसाथ सहयोग र सकारात्मक भूमिकाको अपेक्षा गर्दछौ क्ष्
अन्त्यमा हाम्रो टिमले गर्ने सस्थागत कार्ययोजनाहरु र आगामी रणनीतिकोफेहरिस्तचुनावीघोसणापत्रमा उल्लेख गर्ने छौ भन्दै हाम्रो यस आग्रहलाई सहर्षलिई आइदिनु भएकोमा आदरणीय पत्रकार ज्युहरु , अग्रज एबम ब्यबसायिकसाथीहरु प्रति नमन ब्यक्त गर्दछु क्ष्
धन्यवाद,

नमस्कार

जय होटल तथा रेस्टुरेन्ट ब्यबसायी संघ रुपन्देही
संयुक्त प्यानल
अध्यक्ष
जीवन श्रेष्ठ