राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीद्वारा राहत प्रदान

बुटवल, असार ७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले राहत वितरण गरेको छ । प्रतिष्ठानले कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका ४० घर परिवारलाई राहत वितरण गरेको हो । कोरोनाका कारण निषेधाज्ञाको अवस्थामा दैनीकी चलाउन समस्यामा परेका कलाकारसहित ४० घर परिवारलाई सोमबामर राहत उपलब्ध गराइएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा गरी ४० घर परिवारलाई पहिलो चरणमा राहत बाडिएको र आवश्यक अनुसार अन्य ठाउंमा पनि राहत बाडिने प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । दैनिक उपभोग्य वस्तु अन्तर्गत चामल, पिठो, दाल, तेल, नुन, चिनी र तरकारी जन्य सामाग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रिय सल्लाहकार खेम हमालले दोस्रो चरणको कोरोनाका कारण समस्यामा परेका कलाकार र विपन्न परिवारलाई राहत स्वरुप गरिएको सहयोगले ठूलो अर्थ र महत्व राख्ने बताउनुभयो । मानवीय सेवा नै वास्तविक धर्म भएकाले सामान्य साझ बिहानको खानका लागि धौधौमा परेकाहरुलाई गरिएको सहयोगले समाजमा सकरात्मक सन्देश गएको बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको आयोजना र प्राइम एग्रोफार्म तिलोत्तमाको सह आयोजनामा राहत वितरण गरिएको हो ।

प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जीसी, केन्द्रिय सदस्य दीपक गरौजा, प्रदेश सल्लाहाकार टंकप्रसाद गैरे, नारायण वीपी परियार, राहत वितरण कार्यक्रम संयोजक रिता थापा लगायतले समस्यामा परेका कलाकारहरुलाई आवश्यक अनुसार सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको छ ।

प्राइम एग्रोफार्म तिलोत्तमाका अध्यक्ष मोहन क्षेत्री, सञ्चालक, रितबहादुर बस्नेत, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर क्षेत्री, देउरुपा क्षेत्री, अल्का वस्नेत, सागर भट्टराई, उमा खड्का, आरआरपी कन्ट्रक्सनका सञ्चालक कृष्ण पाण्डे र सैनामैना खानेपानी बनकट्टाले समस्यामा परेका कलाकारहरुलाई आफु सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्वता जनाएका छन् । प्रतिष्ठान रुपन्देही अध्यक्ष दिपक कार्की र प्रथम उपाध्यक्ष विजय सापकोटाको. सञ्चालनमा कार्यक्रम भएको थियो ।