नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि खोप माग

बुटवल, असार ९ स्वतन्त्र नागरिक समूह, नेपालले नागरिकको लागि सरकारसंग कोराना बिरुद्दको खोपको माग गरेको छ ।

नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि नेपालका सबै नागरिलाई कोराना बिरुद्दको खोपको व्यवस्था गर्न स्वतन्त्र नागरिक समूहले माग गरेको हो । स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्राज गैह्ेले एक विज्ञप्ती निकाली सरकारको यस आर्थिक वर्षको सम्पूर्ण श्रोत कोभिड बिरुद्दको खोपमा लगानी गर्न सरकारसंग माग गर्नुभएको छ ।

आमनागरिकको स्वास्थ्य उपचारमा सरकार जवाफदेही र जिम्मेवार बन्न नसकेका कारण कोभिड–१९ बाट हजारौं नेपाली नागरिक प्रभावित भई, सयौं नागरिकले मृत्युवरण गर्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीबाट प्रत्येक नेपाली प्रभावित भइरहेको अवस्थामा त्यसको समाधानतर्र्फ दत्तचित्त भएर लाग्नुको बदला सरकार सत्ताको खेलमा मात्र लागिपर्दा नागरिक मर्माहत हुनुपरेको बताइएको छ । विज्ञप्तीमा भनिएको छ नागरिक प्रतिको दायित्व वहनमा सरकारको उदासिनता देखिनु लज्जास्पद र खेदजनक छ ।