रास्वपा उपसभापतिमा डा.वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ । यसै क्रममा पार्टीको उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

वाग्लेको उम्मेदवारीको प्रस्तावकमा रास्वपाका अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बिराजभक्त श्रेष्ठ छन् । यसअघि श्रेष्ठ आफैँ पनि उपसभापति पदको आकांक्षी थिए । तर, पछिल्लो आन्तरिक समीकरण फेरिएसँगै श्रेष्ठले वाग्लेको प्रस्तावक बन्ने निर्णय लिएका हुन्।

नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले मनोनयन दर्ता लगायतका प्रक्रिया अघि बढिरहेका छन् ।