डाइभर्सन भत्किएपछि आवागमनमा समस्या

बुटवल, असार १२ गते । शुक्रबार रातीको वर्षाका कारण रुपन्देही सैनामैनामा पर्ने घमाहा खोलामा डाइभर्सन भत्किएको छ । जनसका कारण सवारी साधनहरु चलाउन नमिल्दा आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।

बुटवल गोरुसिङे सडक निर्माणको काम सुरुभएपनि घमाहा खोलामा डाइभर्सन बनाएर सवारकिा साधनहरु चलाईएको थियो ।

केही दिनअघि निर्माण गरिएको घमाहा खोला डाइभर्सनमा पानीले भत्काएपछि गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ । सवारीका साधनहरु चलाउनका लागि वैकल्पिक मार्ग ननिवार्य भएको छ ।