एमालेको प्रचार झुट र तथ्यहिन छ – राजमो कार्यकर्ता

शंकरप्रसाद पोखरेल

अर्घाखांची,माघ १६गते। अर्घाखांचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले आफुहरुलाई एमालेमा प्रवेश गरेको भनी एमालेले गलत र तथ्यहिन प्रचार गरेको बताएका छन् । गलत र तथ्यहिन प्रचार गर्ने एमालेहरुको काम नयां नभै पुरानै भएको बताउंदै आफुहरु राष्ट्रिय जनमोर्चामा नै प्रतिवद्व रहेको बताएका छन् ।आजसम्म राष्ट्रिय जनमोर्चाको नीतिलाई अगिंकार गर्दै आएको र भोलिका दिनमा पनि राष्ट्रिय जनमोर्चामा नै बसेर काम गर्ने बताएका छन् ।माघ १५ गते मात्रै राष्ट्रिय जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेको हल्ला र विभिन्न अनलाइनमा आएको समाचारको खण्डन गर्दै यी भ्रामक र तथ्यहीन आरोपकोपछि नलाग्न हामीहरू विनम्र अनुरोध गर्दछौ उनीहरूले भनेका छन् । भूमिकास्थान–१ राजिमेका पदम राना, ओखटे निवासी ज्ञानप्रसाद खनाल, चेतनारायण खनाल, माधव खनाल र नारायण खनाल लगायतले एमालेको गलत र तथ्यहिन प्रचारप्रति विश्वास नर्गन आग्रह गरेका छन् ।गत तीन वर्षदेखि दुबईमा नोकरी गर्दै आएका अर्घाखांची भूमिकास्थान–१ राजिमे निवासी पदम रानाका छोरा प्रकाश राना हाल पनि दुबईमा छन् । तर दुवैमा रहेका उनको पनि उपस्थिति जनाई एमाले झुट कुरा गरेर भ्रम सिर्जना गरेको बताइएको छ ।त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल र भूमिकास्थान नगर सदस्य भोजराज खनालले एमालेलाई राजनीतिक इमानदारिता देखाउन आग्रह गरेका छन् ।झुट र तथ्यहिन गलत प्रचार गरेर कसैमाथि भ्रम छर्ने काम नर्गन एमालेलाई चेतावनी दिएका छन् ।