एमसीसीको बिरोधमा काठमाण्डौमा प्रदर्शन

बुटवल,माघ२६गते। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आज बुधाबार काठमाण्डौमा संसद भवन घेराउको तयारी गरिएको छ। नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्व नेकपा, नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी लगायतका आठ दलले संयुक्त कार्यक्रम आयोजना गरेका हुन्। माइतीघर मण्डलाबाट जुलुशसहित संसद भवन घेराउ गर्ने तयारी गरेका हुन्। संसद भवन घेराउका लागि राजनीतिक दलहरुले काठमाण्डौमा बहित जुलुस निकालेका छन् ।
यसअघि मंगलबार देशभर कोणसभा गरेका दलहरुले आज बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम गर्ने जनाएका छन् । बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित संसद् भवन पु्ग्ने कार्यक्रम छ।विरोध सभालाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल र नेकपा (मसाल) का बागमती प्रदेश प्रवक्ता समीर सिंह लगायत विभिन्न दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।यसैबीच आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि अचानक स्थगीत गरी आगमी फागुन २ गते बस्ने संघीय संसद् सचिवालयले बताएको छ ।