तुलसीपुर आगलागी घटना

५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

 

 

दांग/तुलसीपुरको जुत्ता चप्पलको गोदाममा भएको आगलागीमा परि मृत्यु भएका सबैको पहिचान खुलेको छ । जसमा चार जना बालबालिका रहेका छन् । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।


मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी अन्दाजी १४ वर्षिय साजिदा खातुन, सोही ठाउँ निवासी १५ वर्षिय हसन बकस, १७ वर्षिय मसिन बकस, ४२ वर्षिय नजरदीन अलि, ६ वर्षिय आबिददीन अलि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुको उद्दार गर्न पुगेका सोही ठाउँ निवासी ३८ वर्षिय अमर डाँगी अचेत अवस्थामा भएको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ९ङ० लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले भवनमा मध्यरातिभएको आलगागीमा परि पाच जनाको मृत्यु भएको थियो । अहिले घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्ला सुरक्षा समिति पुगेको छ । आगलागि किन र कसरी भएको भन्ने बारेमा अनुसन्धान थालिएको जनाइएको छ ।


आगलागि घटनापछि उद्योग वाणिज्य संघको आवहानमा शुक्रवार तुल्सीपुर वजार शोक मनाउन बन्द गरिएको छ ।