बुटवलमा राजतन्त्रको पक्ष र गणतन्त्रको बिपक्षमा जुलुस

बुटवल । सोमबार बुटवलमा राजा ल्याउं देश बचाउन भन्ने नारासहितको जुलुस निकालियो । राजन्तत्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा गणतन्त्रको बिरुद्वमा युवाहरुले नारा लगाए । बीर गोर्खाली अभियानले आयोजना गरेको जुलुस तथा ¥यालीका सहभागिले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको दावी गर्दै राजा आउ देश बचाउ भन्दै नारा जुलस गका हुन् ।

फोटो : श्याम पोखरेल

गणतन्त्रले विकासको सम्वृद्वि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले गणतन्त्र असफल भएको दावी गरे । रुपन्देही तिलोत्तमाको मणिग्रामबाट निकालिएको ¥याली बुटवलको ट्राफिकचोकमा पुगेर कोण सभा गरी समापन गरिएको थियो ।

सोही कार्यक्रममा बोल्दै बीर गोर्खाखी अभियानका बसन्तविक्रम पाण्डेले गणतन्त्र असफल भएको दावी गरे । गणतन्त्रका कारण नेपाल असफल भएकाले जनताले राजाको माग गरेको बताए । राजा र प्रजा मिलेर देशलाई अगाडी बढाउन सकिने बताउंदै राजा र प्रजा मिलेर बनाएको २०४७ को संविधान उत्कृष्ट भएको बसन्तबिक्रम पाण्डेको भनाइ छ । बीर गोर्खाली अभियानका डिल्लीराम खनालले जनालाई झुक्काएर रातारात बनाएको संविधानले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताए ।

प्रविन थापा मगरले अहिलेको व्यवस्था देश र जनताको हितमा नभएकाले राजतन्त्रको माग बढेको दावी गरे । उक्त र्यालीतथा जुलुसमा राजा ज्ञानेन्द्र शाहाको फोटाको पोष्टर भिरेर युवाहरुले राजा आउ देश बचाउ भन्दै गणतन्त्रको कडा रुपमा बिरोध गरे ।

नेपाली हामी कहां रहुला नेपालै नरहे, राजतन्त्र जिन्दाबाद, गणतनत्र चाहिदैन लगायतका नारा लगाइएको थियो ।