एमसीसी नेपालको हितमा छैन – जनमुक्ति पार्टी

बुटवल,फागुन१०गते। राष्ट्रिय जनमुक्ति पार्टीले एमसीसी सम्झौताको बिरोधमा मंगलबार देशभर खबरदारी सभा गरेको छ। जनमुक्ति पार्टीले रुपन्देहीको बुटवल, तिलोत्तमा, भैरहवा, देवदह लगायत देशका विभिन्न ठाउंमा खबरादरी सभा गरी एमसीसी संसदबाट पास गर्न नहुने बताएको छ। ५५ अर्व पैसा पाहिन्छ भन्ने बाहाना बनाएर संसदबाट एमसीसी पास गरे पास गर्ने सांसदहरुलाई कालो लिष्टमा राखेर जनताका अगाडी जनताको आडमा कारवाही गरिने जनमुक्ति पार्टीका नेताहरुले खबरदारी गरेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीले एमसीसी परियोजना संसदबाट पास नर्गन सरकारसंग माग गर्दै अमेरिकाले लागु गर्न खोजेको एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए।एमसीसी कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने बताउंदै पास गर्नेहरु देश र जनता बिरोधी भएको बताए। जनमुक्ति पार्टीका नेताहरुले अमेरिकाको लगानीले देश चल्न नसक्ने दावी गरेका छन्। अमेकिारले लगानी भनेपनि प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री केपी ओली र प्रचण्डले अमेरिकी लगानी भित्राएर नेपाललाई अमेरिकाको उपेनिवेश बनाउन लागेको आरोप लगाए।एमसीसीको बिरोधमा मंगलबार रुपन्देहीको बुटवल र तिलोत्तमा खबरदारी सभा गरिएको छ।

बुटवलमा भएको सभामा बोल्दै जनमुक्ती पार्टीका केन्द्रिय सचिव मोजीव ओलीले एमसीसी सम्झौता नेपालको काुन भन्दामाथि र शैन्य रणनीतिसंग जोडिएकाले नेपालको हितमा नभएको बताए।। उनले नेपालको भूमि प्रयोग गरेर चीनका बिरुद्व गतिबिधि सञ्चालन गर्ने अमेरिकाको योजना रहेकाले एमसीसी नेपालको हित बिपरित रहेको दावी गरे।। जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गरुङले एमसीसी नेपाली जनतालाई स्वीकार्य नहुने बताए।

जनमुक्ति युवा संघका केन्द्रिय अध्यक्ष शंकर गाहाले एमसीसी नेपालको संविधान भन्दा माथि रहेकाले संसदबाट पास गर्न नहुने बताए। तिलोत्तमाको मंगलापुरमा आयोजित खबरदारी समामा बोल्दै जनमुक्ति पार्टीकी नेतृ गिता सारु मगरले एमसीसी परियोजना अमेरिकाले लगानी भनिरहंदा पनि सरकार र प्रतिपक्ष दल एमालेले लगानी हो भन्दै जनतालाई झुक्काएको आरोप लगाइन। ५५ अर्वका लागि कांगे्रस र कम्युनिष्टहरुले नेपालीको शिर झुकाउने गरी विकासको नाममा देशको कानुन भन्दा माथि राखेर एमसीसी संसदबाट पास गर्न थालेकाले त्यसलाई रोक्ने जनमुत्तिले आन्दोलन शुरु गरेको बताइन।जनमुक्त पार्टीका लुम्बिनी प्रदेश सूचना प्रमुख राम अस्लामीले एमसीसी संसदबाट पास भए नेपाल र नेपालीलाई धोक्का हुने बताए। एमसीसी सम्झौता अमेरिकाको लगानी भएकाले देशको हितमा नभएकाले संसदबाट कुनैपनि हालतमा पास गर्न नहुने बताए। भोमबहादुर बुढा, पे्रम कनौजे लगायतले बोल्दै एमसीसीले देशको बिकास हुन्छ भन्नु भ्रम मात्र भएको बताए। एमसीसीको बिरोधमा जनमुक्ति पार्टीले बुटवलको राजमार्ग चौराहाबाट विरोध जुलुस निकाले ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। त्यस्तै एमसीसीविरुद्व जनमुक्ति पाटी तिलोत्तमाको मंगलापुरमा पनि प्रदर्शन गरेको थियो ।