शाइन रेसुङा डेभलपमेण्ट बैंक १४ वर्षमा प्रवेश

शाइन पत्रकारिता पुरस्कारबाट यमलाल भुसाल सम्मानित

श्यामलाल पोखरेल
बुटवल,फागुन११गते।बुटवलमा प्रदान कार्यालय रहेको शाइन रेसुङा डेभलपमेण्ट बैंक लिमिटेड १४ औं वर्ष प्रवेश गरेका छ । १३ वर्ष पुरा गरेर १४ वर्ष प्रवेश गरेको अवसरमा बैंकले बुधबार शेयर सदस्य, सञ्चारकर्मी र कर्मचारीहरुकाबीच १४ औं वार्षिकउत्सव मनाएको हो। शाइन रेसुङा डेभलपमेण्ट बैंकको ५ अर्व जारी पूंजी र ३ अर्व ७८ करोड चुक्ता पूंजी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराए।

प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार २०७८ पुस मसान्तसम्मको अपरिष्कृत वित्तिय विवरण अनसार बैंकमा ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको बैंकका ५ लाख बढी ग्राहक छन्। बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार २०७८ पुस मसान्त सम्म कृषि, लघु, घरेलु, तथा साना उद्यम व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको ३१.७५ प्रतिशत लगानी गरेको छ। कृषि क्षेत्रमा ७.८५ प्रतिशत, पर्यटन क्षेत्रमा कर्जा १४.०६ प्रतिशत र लघु, घेरेलु तथा साना उद्यम, व्यवसाय क्षेत्रमा ९.८४ प्रतिशत कर्जा प्रवाह गरेको छ। २०६५ साल फागुन ११ गतेबाट सञ्चालन गरेको बैंकको अहिले लुम्बिनी प्रदेशका रोल्पा, रुकुमबाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय सञ्चालनमा छ । त्यस्तै बागमती प्रदेशको चितवन एक, गण्डकी प्रदेशको पोखरामा एक, बाग्लुङमा एक, सुदुरपश्चिमको कैलालीमा एक दुई, कञ्चनपुरमा एक, सुर्खेतमा एक गरी ८३ वटा शाखा सञ्चालन हुनुका साथै एउटा एक्सटेन्सन कार्यालय सञ्चालनमा छ। सात वटा एटिएम सञ्चालन गरी वित्तिय कारोवार भैरहेकोसमेत प्रमुख कार्यकारी अधिकृति प्रकाश पौडेलले बताउनुभयो। चार जना कर्मचारीबाट २०६५ सालदेखि शुरु भएको बैंकमा अहिले ८ सय ६७ जना कर्मचारी कार्यरत छन् । बैक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले बैंक सफलता हासिल गरेको बताउनुभयो। अधयक्ष पौडेलले सानो लगानीबाट शुरु गरिएको बैंकले समयको माग अनुसार वित्तिय क्षेत्रमा काम गरेका कारण सबै क्षेत्रको सहयोग सद्भावका कारण बैंकले सफलता हासिल गर्दै गएको बताए। प्रदेश सांसद विष्णु पन्थीले समयको माग अनुसार पूंजी बजार बढाउनु पर्ने र सोही अनुसार शाइन बैंकले आफ्नो कार्यक्षेत्र बढाएकाले सफलताको बिन्दुमा पुगेको बताए। पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले राम्रका कामका लागि पत्रकार महासंघ शाइन बैंकसंग सहकार्य गर्न सक्ने बताउंदै मिडियामैत्री बन्न आग्रह गरे।। बैंकले वार्षिकोत्सवका अवसरमा आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।
पत्रकार भुसाल सम्मानित
बैंकले शाइन पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाललाई सम्मान गरेको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलले ५१ हजार राशीको शाइन पत्रकारिता पुरस्कारबाट पत्रकार भुसाललाई सम्मान गरेका हुन। बुटवललाई कार्यक्षेत्र बनाएर झण्डै तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका गुल्मी जन्म घर भएका र हाल रुपन्देहीको तिलोत्तमा स्थायी वासिन्दा भु’ाल बुटवलमा सञ्चालित राज्य टेलिभिजनका समाचार प्रमुख हुन। बैंकले आर्थिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रुपमा सम्मान गर्नका लागि ५ लाखको अक्ष्यकोष स्थापना गरेको छ।