एमसीसीविरुद्व मसाल जुलुस

बुटवल,फागुन११गते।विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले बुधबार देशभर प्रदर्शन गरेको छ। एमसीसीविरुद्व राष्ट्रिय जनमोर्चाले एकल संयुक्त रुपमा प्रदर्शन गर्नुका साथै मसाल जुलुस निकालेको छ। राष्ट्रिय जनमोर्चा सैनामैना नगर समिति रुपन्देहीले बुधबार रुपन्देहीको सैनामैनास्थित मुर्गियामा एमसीसीविरुद्व मसाल जुलुस निकालेको हो।

मसाल जुलुसपछि आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले महाकाली सन्धि गर्दा जसरी झुक्काइएको थियो अहिले त्यसै गरी एमसीसीबाट बिकास हुन्छ भनेर झुक्काउने प्रयास भैरहेको बताए। उनले एमसीसीले देशको विकास गर्न सकिन्छ भन्नु मुर्खता हो। मुर्खहरुले फेरी विकासको नाममा एमसीसी परियोजना ल्याएर नेपाललाई अमेरिकाको उपनिवेश बनाउन लागेको बताए। एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै उनले भने – एमसीसी परियोजनाको माध्यामबाट नेपालको भूमि प्रयोग गरेर चीनमाथि हमाल गर्ने अमेरिकाको शैन्य रणनीति भएकाले समयमै सचेत हुन नसकिए नेपाल र नेपालीका लागि धोक्का हुन्छ।

राष्ट्रिय जनमोर्चाका सल्लाहाकारसमेत रहेका नेता राजेश विश्वकर्माले अमेरिकी एमसीसी परियोजना अनुदान होइन, लगानी हो । लगानी र अनुदान फरक हो । अमेरिकाले एमसीसी परियोजना लगानी भन्दा पनि आफुलाई ठूलो दल भन्न रुचाउने दलका शासक नेताहरुले लगानी होइन अनुदान हो भनेर फेरी पनि झुक्कउंदै छन्। अब राष्ट्रबादी जनता एकजुट हुनुको विकल्प छैन उनले भने।

राष्ट्रिय जनमोर्चाका नेता तथा सल्लाहाकार चन्दबहादुर केसीले शासक दलका नेताहरुले एमसीसी परियोजनाका नाममा नेपाल र नेपालीलाई बेचेर खान लागेको बताए। ५५ अर्बको लोभमा संसदबाट एमसीसी पास गरेर देशलाई कंगाल बनाउनेका बिरुद्व अब जुरमुराउने बेला आएको बताए। राष्ट्र र राष्ट्रियता भन्दा ठुलो केही नभएको बताउंदै नेता केसीले भने– राष्ट्रबादी शक्ति एमसीसीको बिरुद्व एकताबद्व हुनुपर्ने बताए। एमसीसीको कानुन नेपालको कानुन भन्दामाथि रहेकाले नेपाली जनतालाई एमसीसी परियोजना मान्य नहुने बताउंदै राष्ट्रिय जनमोर्चा एमसीसीका बिरुद्व एकल र संयुक्त रुपमा आन्दोलनलाई निष्कर्षमा पुराउने गरी जनताको साथमा छ भने।५५ अर्व पैसा पाहिन्छ भन्ने बाहाना बनाएर संसदबाट एमसीसी पास गरे पास गर्ने सांसदहरुलाई कालो लिष्टमा राखेर जनताका अगाडी जनताको आडमा कारवाही गरिनु पर्ने बताए।


राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतमले एमसीसी कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने बताउंदै पास गर्नेहरु देश र जनता बिरोधी भएको बताए। एमसीसी सम्झौता नेपालको कानुन भन्दामाथि र शैन्य रणनीतिसंग जोडिएकाले नेपालको हितमा नभएको बताए।। उनले नेपालको भूमि प्रयोग गरेर चीनका बिरुद्व गतिबिधि सञ्चालन गर्ने अमेरिकाको योजना रहेकाले एमसीसी नेपालको हित बिपरित रहेको दावी गरे।। लालबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो। त्यस्तै बुधबार सांझ रुपन्देहीको बुटवलमा पनि मसाल जुलुस निकाली एमसीसीको बिरोध गरिएको छ। सरकारले अमेरिकाको हिन्द प्रशान्त रणनीति अन्तर्गतको एमसीसी अमेरिकाकै दबाबमा संसदबाट पास गर्ने तयारी गरेपछि त्यसविरुद्ध देशब्यापी आन्दोलन चर्केको छ । यही फागुन १६ गतेभित्र एमसीसी पारित गर्न अमेरिकाले दबाब दिइरहेपछि झन आन्दोलन चर्काइउको छ ।