लक्ष्मीनगरको विकास र चुरे पहिरो नियन्त्रका लागि बजेटको माग


बुटटवल,फाुन१४गते।बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल गर्ने स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन्। लक्ष्मीनगरलाई पर्यकीय स्थलका रुपमा विकास गर्नका लागि चुरे पहाडको पहिरो दिर्घकालीन रुपमा रोकथाम गरी खानेपानी र सडकको विस्तारका लागि तिनै तहका सरकारंग सरोकारवालाले बजेटको माग गरेका छन्। चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ। शनिबार सम्पन्न लक्ष्मीनगर विकास केन्द्र बुटवलको १६ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाहरुले चुरो पहिरो तत्काल उचित वयवस्थापन नभए बुटवलको ठूलो हिस्सा जोखिममा पर्ने बताए। लक्ष्मीनगर प्रकृतिको धनी भएकाले भौतिक विकास गर्नुको विकल्प नभएको उनीहरुको भनाइ छ। मानिसलाई तनावमुक्त गर्ने स्थलका रुपमा बुटवल लक्ष्मीनगर क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा सजिलै विकास गर्न सकिने उनीहरुको तर्क छ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले चुरेको पहिरो रोकथाम तथा नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका स्थानीय जनताको साथमा रहेको बताइन।उनले चुरे पहिरो व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले सक्दो बजेट उपलब्ध गराउने प्रतिवद्वता जनाउंदै खानेपानी, सडक, शिक्षा र स्वास्थ्यमा पनि सहयोग पुराउने बताइन। जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि नगरवासीका अगाडी जनाइएका ९० प्रतिशत प्रतिवद्वताहरु पुरा भएको दावी गर्दै उनले भनिन्– बुटवललाई पर्यटकीय हवको रुपमा बिकास गर्ने बताउंदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिने गरी काम भएको छ।

लक्ष्मीनगर विकास केन्द्र बुटवलका अध्यक्ष परमानन्द भट्टराइले लक्ष्मीनगरको विकास र पहिरोका कारण जोखिममा रहेको वस्तीलाई सुरक्षित बनाउने विषयमा तिनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरे। संस्थाको वार्षिक वार्षिक प्रतिवेदन पुस्तुत गर्दैै अध्यक्ष भट्टराईले लक्ष्मीनगरको विकासले समग्र बुटवलको विकास हुने र लक्षीनगरको विनासले समग्र बुटवलको विनास हुन सक्ने भएकाले तिनै तहका सरकारले लक्ष्मीनगरको विकास र चुरे पहिरो रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।
नेपाल सरकारका उपसचिव तथा कपिलवस्तु बाणगंगा नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थीले बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आर्कषित गर्नेगरी विकासका लागि सामूहिक पहल गर्नुपर्ने बताए,।
उहांले लक्ष्मीनगरको समग्र विकाससंगै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वातावरण तथा सरसफाईंको उचित व्यवस्थापन चुरेको पहिरो रोकथाम गर्नुपर्नेमा जोड दिए। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टंक पराजुलीले लल्मीनगरको विकासका लागि बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्वता जनाए।आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्मीनगर ल्याउन सकिने सम्भावना रहेकाले लक्ष्मीनगरको समग्र विकास आवश्यक रहेको बताए।
कार्यक्रममा लक्ष्मीनगर विकास केन्द्र बुटवलका पूर्व अध्यक्ष बाबुराम ढकाल, लक्ष्मीनगर टोल विकास संस्थाकी अध्यक्ष गंगा पन्थी, जेष्ठ नागरिक दुर्गाप्रसाद शर्मा,शहदेव श्रेष्ठ लगायतले बोलेका थिए।उक्त साधारण सभाको अबसरमा जेष्ठ नागरिक र गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।त्यस्तै सरसफाई तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट ३ वटा टोल विकास संस्था र रक्तदाताहरुलाई पनि सम्मान गरिएको छ। अध्यक्ष परमानन्द भट्टराईको अध्यक्षता,महासचिव खेम श्रीसको सञ्चालन र उपाध्यक्ष गोकर्ण ज्ञवालीको स्वागतमा कार्यक्रम भएको थियो।
